नयाँ २०२० फक्सवागन पोलोमा यस्ता छन् फिचर

काठमाडौं । विश्वभर कोरोनाको महामारी बीचपनि अटो उत्पादक कम्पनीहरुले आन्तरिक रुपमा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । भारतमा उत्पादन वेस भएका कम्पनीहरुले कोरोनाको संकट समाप्त भएपछि नयाँ मोडलहरु सार्वजनिक गर्न आन्तरिक तयारि गरिरहेका हुन् ।

यस्तोमा फक्सवागनले पोलोको २०२० मोडल सार्वजनिक गर्ने अन्तिम तयारी गरेको खबर बाहिर आएको छ । कम्पनीले नयाँ पोलोमा बीएस ६ इन्जिनका अलावा थुप्रै कस्मेटिक परिमार्जन गरेर पोलो सार्वजनिक गर्ने भएको हो ।

यसअघि डिजेल इन्जिनमा पनि बजारमा ल्याएको कम्पनीले पोलो ह्याचव्याकलाई अब भने पेट्रोलमा मात्र १.० लिटर, १.२ लिटर र १.० लिटर टर्बो इन्जिनमा ल्याउने भएको हो ।

कम्पनीको सुरुवाति भेरियन्ट पोलो ट्रेन्डलाइन भेरियन्टमा १.० लिटर एमपीआई इन्जिन रहेको छ भने यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।
नेपाली बजारमा फक्सवागनले बिक्री गर्दै आएको सबैभन्दा कम मूल्यको १.० लिटर एमपीआई इन्जिनयुक्त पोलोको नयाँ मोडलमा यस्ता फिचर उपलब्ध रहने छन् ।

सुरुक्षाको लागि यसमा डियूल एयरव्याग, एबीएस, रियर पार्किङ सेन्सर, एड्जेस्टेवल हेड रेष्ट, रियर फग लाइट, १४ इन्चको स्टील ह्वील, बडी कलर ओआराभीएमएसमा टर्न इन्डिकेटर, हिटेड विन्डस्कृन दिइएको छ ।

साथै, व्ल्याक एण्ड ग्रे इन्टेरियर, एड्जस्टेवल स्टेरिङ, फ्ल्याट वटम स्टेरिङ ह्वील, ड्राइभर साइड डेड पेडल, फोल्डीङ रियर सिट, हाइट एड्जस्टेवल ड्राइभिङ सिट, १४ इन्चको स्पेयर ह्वील जस्ता विशेषता यसका रहेका छन् ।


Back_to_top