निसानको सबैभन्दा सस्तो एसयूभी ‘म्याग्नाइट’ दुई महिनापछि बजारमा आउने

कोरोना असर अबको तीन हप्तामा कम हुने हो भने आगमी मे महिनामा निसानले आफ्नो पहिलो सब फोर मिटर एसयूभी म्याग्नाइट भारतीय बजारमा सार्वजनिक गर्ने अटोकार इन्डियाले उल्लेख गरेको छ ।

कम्पनीले नयाँ सब फोर मिटर एसयूभीको पहिलो टिजर गत जनवरीमा सार्वजनिक गरेको थियो । निसान किक्सले भारतीय बजारमा सोचे अनुसारको व्यापार गर्न नसकेपछि कम्पनीले नयाँ सेग्मेन्टमा म्याग्नाइट ल्याउन आँटेको हो ।

निसान ‘इएम२’ कोण नेममा उत्पादन भइरहेको यो सब फोर एसयूभी रेनो निसानको सिएमएफ-ए प्लस प्ल्याटर्फममा बन्ने छ । रेनोले आफ्नो क्वीड र ट्राइवर पनि यही प्ल्याटफर्ममा बनाएको हो ।

कम्पनीले यसमा १.० लिटर टर्बो चार्ज्ड इन्जिन दिने छ । उक्त इन्जिनले ९५ हर्सपावर प्रदान गर्नेछ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने छ ।

यसमा अन्य फिचर कस्ता रहने छन् भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । तर, नयाँ सव फोर मिटर एसयूभीमा सनरुफ भने उपलब्ध हुने छ । साथै, कनेक्ट भेहिकल टेक्नोलोजी प्रयोग गरिने कम्पनीले जनाएको छ ।

निसान म्याग्नाइटले बजारमा मारुती सुजुकी भिटार ब्रेजा, टाटा नेक्सन, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट जस्ता बजारमा स्थापित मोडलसँग हुने छ ।

यो निसानले उत्पादन गर्ने सबैभन्दा सस्तो मूल्यको एसयूभी हुने छ । संभवत यसको मूल्य हुन्डाई भेन्यूको जस्तै रहने छ ।


Back_to_top