हुन्डाईको अफर: कोरोनाको कारण जागिर गए ६ महिना कारको किस्ता तिर्नु नपर्ने

नोवल कोरोना (कोभिड १९) भाइरसको महामारीको कारण कुनै ग्राहकको जागिर गए उसलाई छ महिनासम्म किस्ता तिर्नु नपर्ने घोषणा भएको छ । यो योजना हुन्डाई मोटर्सले अमेरिकाबाट सुरु गरेको छ । जहाँ हुन्डाई एसोरेन्सको मध्यमबाट यसलाई लागु गर्ने जनाइएको छ ।

यो योजनाले कोरोना भाइरसको कारण समस्या झेलिरहेका कम्पनीका लाखौ ग्राहकले सहुलियत पाउने कम्पनीको विश्वास छ ।

यो योजना हुन्डाई मोर्टसले जेनिस र हुन्डाई दुबै ब्राण्डका ग्राहकलाई लागु हुने जनाएको छ । जसले यी ब्राण्डका गाडी चढी रहेका छन् ति ग्राहकले आफ्नो जागिर गुमाएको खण्डमा ६ महिनासम्म किस्ता ढिलोगरि तिर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना अप्रिल ३० अघि कार किन्ने सबै ग्राहकमा लागु हुने जनाइएको छ । यसले रोजगारी गुमाएका आफ्ना ग्राहकलाई कम तनावमा रोजगारी खोज्न मद्दत गर्ने अनुमान गरिएको छ ।


Back_to_top