होन्डा हर्नेटको टेष्ट ड्राइभमा मोवाइल उपहार

काठमाडौं । नेपालकालागि होण्डा मोटरासाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले चाडपर्वको अवसरमा वान प्लस सिक्स स्मार्ट फोन दिने भएको छ ।

होण्डा हर्नेटको टेष्ट राइडमा १० दिनसम्म १० जनालाई वान प्लस सिक्स स्मार्ट फोन दिने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

असोज १५ गतेदेखि २४ गतेसम्म देभरका होण्डा आउटलेटहरुमा टेष्ट राइड आयोजना गरिने पनि कम्पनीले जनाएको छ । हरेक दिन टेष्ट राइडमा सहभागी ग्राहकमध्येबाट एक जनालाई स्मार्ट फोन दिने बताइएको छ ।

होण्डाको हर्नेट पाँचवटा रंगहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा  सिबि हर्नेट १६० आरको मूल्य २ लाख ९९ हजार ९ सय रहेको छ ।

यसमा फुल एलइडी हेड ल्याम्प तथा हाजार्ड लाइट स्विच जस्ता विशेषता रहेकाले आपतकालीन समयमा सुरक्षित रहन तथा कम प्रकाश बेला प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।


Back_to_top