आयो ४६ वर्ष पुरानो होन्डा ‘सिजी १२५’ मोटरसाइकलको स्पेशल एडिसन

काठमाडौं । होन्डाले आफ्नो क्लासिक मोटरसाइकल सिजी १२५ को ४६ वर्षपछि पुनः स्पेशल एडिसन ल्याएको छ । सिजी १२५ ले चीनमा ३० वर्ष पुरा गरेको अवसरमा नयाँ मोडल सार्वजनिक गरेको हो ।

होन्डाले आफ्नो ४६ वर्षअघि बनेको चर्चित मोटरसाइकलको डिजाइनलाई फेरवदल नगरिकन यूनिक ब्लू र ह्वाइट कलर थेममा नयाँ मोटरसाइकल ल्याएको हो । होन्डा सिजी १२५ नेपालमा पनि निकै राम्रो संख्यामा विक्री भएको मोटरसाइकल हो । अझैपनि धेरै मानिसको ग्यारेजमा यो मोटरसाइकल पाउन सकिन्छ ।

कम्पनीले यसको स्पेशल एडिसनमा स्पोक ह्वील, लामो एग्जस्ट पाइप, वर्गाकारको हेडल्याम्प, एनालग इन्ट्रुमेन्ट क्लष्टरलाई निरन्तरता दिएको छ । यतिसम्म कि होन्डाले यसको साइड इन्डिकेटर र टेलल्याम्प समेत परिवर्तन गरेको छैन ।

कम्पनीले यसमा प्रिमियम देखिने सिंगल पिस सिट, १२५ सीसी क्षमताको एयरकुल्ड एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले ९.९२ पीएस पावर र ९.५ एनएम टर्क प्रदान गर्छ ।

दुबै चक्कामा ड्रम ब्रेक, पूर्ण रुपमा कालो कलरको स्पोक ह्वील जस्ता फिचर उपलब्ध यो मोटरसाइकलले प्रतिलिटर ५५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।


Back_to_top