पहिलो पटक इलेक्ट्रीक कारको ‘एक्सचेन्ज क्याम्प’, यस्ता छन् सुविधा

काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले एक्सचेन्ज क्याम्प सुरु गरेको छ । विश्वकै चर्चित इलेक्ट्रीक ब्राण्ड बीवाइडीले काठमाडौंको भाटभटेनीमा रहेको ‘बीवाइडी पार्क’मा एक्सचेन्ज क्याम्प आयोजना गरेको हो ।

आज फागुन १८ गते बुधबारबाट शुरु भएको एक्सचेन्ज क्याम्प ५ दिनसम्म संचालन हुने कम्पनीले जनाएको छ । यस एक्सचेन्ज क्याम्पमा ग्राहकले विभिन्न किसिमका सुविधा पाउने छन् । संभवत नेपालमा कुनै पनि इलेक्ट्रीक ब्राण्डले लगाएको यो नै पहिलो एक्सचेन्ज क्याम्प हो ।

‘हामीले एक्सचेन्ज गर्न चाहने ग्राहकलाई पनि अवशर दिनु पर्छ भन्ने मान्यताबाट यो एक्सचेन्ज क्याम्प संचालन गरेका हौं’, साइमेक्स इंक स्रोतले मेरोअटोसँग भन्यो ।

यस एक्सचेन्ज क्याम्पमा कुनै पनि इलेक्ट्रीक वा ग्यासोलीन गाडीसँग बीवाइडीको गाडीहरु साट्न सकिनेछ । साइमेक्स इंकले नेपाली बजारमा बीवाइडीको ‘अल न्यू इसीक्स, बीवाइडी इ सीक्स, एमथ्री र टी थ्री’ मोडल विक्री गर्दै आएको छ । यी मध्ये कुनै पनि मोडलमा सहजै एक्सचेन्ज सुविधा पाउन सकिन्छ ।

एक्सचेन्ज क्याम्पमा तत्कालै आफ्नो पुरानो गाडीको मूल्याङ्कन, एक्सचेन्ज वोनस, फ्रि एसोसरीजका साथै अन्य धेरै आकर्षक अफरहरु रहेको कम्पनीले जनाएको छ ।

विगत ५ वर्षदेखि नेपालमा विक्री हुदै आएको बीवाइडीका इलेक्ट्रीक भेहिकलहरु एकदमै टिकाउ, उत्कृष्ट ब्याट्री र धेरै रेन्जको लागि प्रसिद्ध रहेका छन् ।


Back_to_top