प्यूजो ३००८ पनि इलेक्ट्रीकमा, ६०० किमिसम्म रेन्ज

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी पीएसए ग्रुप अन्तर्गतको प्यूजोले २००८ पछि अर्को एसयूभी ३००८ मोडलको पनि इलेक्ट्रीक भेरियन्ट ल्याउने भएको छ । यी दुबै मोडल प्यूजोले कम्बस्चन भेरियन्टमा पनि विक्री गर्दै आएको छ ।

नेपाली बजारमा साँग्रिला मोटर्सले प्यूजोका उत्पादन विक्री गर्दै आएको छ भने केही समय भित्रै २००८ इलेक्ट्रीक मोडल नेपाल ल्याउने तयारी गरेको छ ।

पीएसए ग्रुपले विद्युतीय कारको उत्पादन गर्न नयाँ इलेक्ट्रीक प्लेटफर्म ‘इएमपीटु’को निर्माण गरेको छ । यही प्लेटफर्ममा प्यूजो ३००८ इलेक्ट्रीक बन्ने भएको हो ।

प्यूजोको नयाँ इलेक्ट्रीक एसयूभी फ्रन्ट ह्वील ड्राइभ वा अल ह्वील ड्राइभ दुबै अप्सनमा आउनेछ । यसमा ६० किलोवाट आवरदेखि १०० किलोवाट आवरसम्मको ब्याट्री रहनेछ । प्यूजोका अनुसार प्यूजो ३००८ को रेन्ज एक पटकको फुल चार्जमा ४०० देखि ६०० किलोमिटर सम्म हुनेछ ।

यो इलेक्ट्रीक एसयूभीमा मोटर पनि फरक फरक क्षमताको रहनेछ । यो कम्पनीले यसमा १०० किलोवाटदेखि २५० किलोवाटसम्मको फरक क्षमताका मोटर प्रयोग गर्ने जनाएको छ । प्यूजोका अनुसार सन् २०२३ बाट यसको व्यवसायीक उत्पादन र विक्री हुनेछ ।

सन् २०२२ को जुनसम्ममा प्यूजो २००८ मोडल भने नेपाल आउने छ । अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु भएको केही समयपछि ३००८ पनि नेपाल आउने सहजै अनुमान गर्न सकिन्छ ।


Back_to_top