१२ दिनपछि सार्वजनिक हुँदै टोयोटा ग्लान्जा

काठमाडौं । टोयोटा इन्डिया (किर्लोस्कर मोटर) ले नयाँ जेनेरेशन ग्लान्जाको टिजर सार्वजनिक गरेको छ । कम्पनीले मार्च १५ तारिखबाट यसलाई विक्री गर्ने योजना सहित टिजर सार्वजनिक गरेको हो ।

दुई जापानी ब्राण्ड टोयोटा र सुजुकीको सहकार्य अनुसार मारुती सुजुकी बलेनोको नयाँ जेनेरेशन मोडलमा आधारित ग्लान्जा निकै आकर्षक फिचर सहित बजारमा आउन तयार रहेको छ । टोयोटाले सार्वजनिक गरेको भिडियोमा ग्लान्जामा दिइएको फ्लोटिङ टचस्कृनलाई देखाइएको छ ।

ड्यूल टोन ड्यासबोर्ड, नयाँ हेडल्याम्प क्लष्टर, ट्वीन लेयर फ्रन्ट ग्रिल, नयाँ बम्पर र नयाँ अलोय ह्वील, हेडअप डिस्प्ले, फ्ल्याटबटम स्टेरिङ ह्वील जस्ता फिचर यसमा पाउन सकिन्छ ।

यसअघिको ग्लान्जाको तुलनमा नयाँ जेनेरेशन मोडलमा ६ वटासम्म एयरव्याग, ३६० डिग्री क्यामेरा, अटोमेटीक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, टोयोटा भ्वाइस एसिस्टेन्स सिस्टम जस्ता फिचर उपलब्ध रहने छ ।

टोयोटा ग्लान्जामा १.२ लिटर ड्यूल जेट, फोर सिलिण्डर इन्जिन उपलब्ध रहने छ । उक्त इन्जिनले अधिकतम ९० पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसलाई ५ स्पीड म्यानुयल र एएमटी गियरबक्समा उपलब्ध गराउने छ ।


Back_to_top