काठमाडौं । होन्डाको बिग बाइक सेग्मेन्टको मोटरसाइकल सीआरएफ ३०० एलको पुनः बिक्री सुरू भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले सीआरएफ ३०० एलको पुनः बिक्री सुरू गरेको हो ।
कम्पनीले सीआरएफ ३०० को स्ट्याण्डर्ड र र्याली गरी दुई भेरियन्टमा बिक्री सुरू गरको हो । यसअघि कम्पनीले सीआरएफ ३०० को मूल्य १७ लाख ५० हजार र्यालीको मूल्य १९ लाख ५० हजारमा बिक्री गर्दै आएको थियो । हाल यी दुई मोटरसाइकलको मूल्य क्रमशः २० लाख ७५ हजार र २३ लाख ५० हजार निर्धारण गरेर बिक्री सुरू भएको हो ।
होन्डा सीआरएस ३०० स्याण्डर्ड र ३०० र्यालीमा यसको डिजाइनका अलावा केही सामान्य परिर्वतन रहेको छन् । सीआरएफ र्यालीमा केही ठूलो फ्यूल ट्याङक, डुअल एलईडी हेडल्याम्प र अगाडिको डिस्क ब्रेक केही ठूलो छ । अर्कोतर्फ स्याण्डर्ड भर्सनको भने तौल कम र धेरै ग्राउन्ड क्ल्यिरेन्स पाउन सकिन्छ ।
सीआरएफ ३०० मा २८६ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले २७।३२ पीएस पावर तथा २६ एनएम टर्क जेनेरे गर्ट । यसमा ६ स्पिडको गियर बक्स उपलब्ध छ ।

