काठमाडौं । नेपाली बजारमा स्कुटरको माग आक्रामकरुपमा बढिरहेको छ । पछिल्ला वर्षहरुमा वार्षिक ६० हजारभन्दा बढी स्कुटरहरु बिक्री वितरण भइरहेका छन् । होन्डा, टिभीएस, हिरो, यामाहा र सुुजुकीजस्ता कम्पनीहरूले नयाँ–नयाँ मोडलहरू सार्वजनिक गरिरहेका छन् ।
अहिले बजारमा होन्डाको डियो डिएलएक्स र यामाहाको रे–जेडआर–११० (डिस्क) स्कुटरले राम्रो व्यापार गरिरहेका छन् ।
हामीले यहाँ होन्डाको डियो र यामाहाको जेडआर स्कुटरको लुक्स, विशेषता र मूल्यको विषयलाई तुलना गरेका छौं ।
इञ्जिन
यामाहा–रे–जेडआरमा ११३ सीसी इञ्जिन दिइएको छ । यसमा लगाइएको इञ्जिनले ७.२ पीएस पावर दिन्छ भने यसले ८.१ एनएम टर्क उत्पादन गर्छ । यस स्कुटरमा किक र सेल्फ दुबै अप्सनमा स्टार्टको सुविधा दिइएको छ ।
त्यस्तै, होन्डाको डीयो १०९.१९ सीसी सिङ्गल सिलिन्डर एयरकुल्ड इञ्जिन दिइएको छ । यसमा लगाइएको इञ्जिनले ७००० आरपीयममा ८ बीएचपी तथा ५५०० आरपीएममा ८.९१ एलएम टर्क पावर उत्पादन गर्छ । यसको इञ्जिनमा भी–मेटिक सीभीटी गियरबक्स जडान गरिएको छ भने, यो स्कुटर भारतीय प्रदुषण मापदन्ड बीएस फोरमा आधारित रहेको छ ।
विशेषताहरू
होन्डा डियो–डीएलएक्समा एलईडी हेडलाइट जडान गरिएको छ । यसमा डिजिटल स्पीड—मिटर र ट्रीप—मिटरसमेत जडान गरिएको छ । यसकासाथ–साथै यो स्कुटरमा फ्रन्ट एन्ड रियर क्यारी हुक, लो–फ्यूल वार्निङ ल्याम्प, फोरइन–वानलक सिट ओपनर स्वीच, अल डिजिटल कन्सोल तथा मोबाइल चार्जिङजस्ता फिचर दिइएको छ ।
त्यसैगरी यामाहा–रे जेडआर–१०० मा शानदार ग्राफिक्स दिइएको छ । यसमा स्पोर्टी हेडलाइट जडान गर्नुकासाथै अल ह्वील तथा फ्रन्ट ह्वीलमा डिस्कब्रेक जडान गरिएको छ । यामाहाको यस स्कुटरमा लार्ज फ्रन्ट प्याकेटकासाथै अगाडि भागमा क्यारी हुकसमेत जडान गरिएको छ । यसको अन्डरसीट स्टोरेज क्षमता २१ लिटर रहेको छ भने यसमा हेलमेट तथा अन्य सामग्रीहरू राख्न सकिनेछ ।
लुक्स
यामाहाको स्कुटरमा स्पोर्टियर फ्रन्टइन्ड, अगाडि भागमा एयरडक्ट र नयाँ सिसा दिइएको छ । यसकासाथै यस स्कुटरमा पूरै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
त्यस्तै, होन्डा डीओ–डीएलएक्सको लुक्स निकै स्टाइलिस रहेको छ । यस स्कुटरमा एलईडी हेडलाइट जडान गरिएको छ भने, मेटसेड, मार्शल ग्रीन मेटेलिक तथा एक्सिस–ग्रे मेटेलिक कलरमा दिइएको छ । यी कलरले स्कुटरलाई निकै आर्कषक बनाएको छ ।
मूल्य
यामाहा–रे जेडआर–११० स्ट्रीट रेल्लीको मूल्य २ लाख ३ हजार ९०० रुपैयाँ रहेको छ भने होन्डा डियो–डीएलएक्सको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ । मूल्यको आधारमा यामाहाको स्कुटर होन्डाको भन्दा महंगो रहेको छ ।
अन्त्यमा
दुवै स्कुटरहरू आ–आफ्नो विशेषतामा राम्रो रहेका छन् । तर, सेल्स सर्भिसको हिसाबले हेर्ने हो भने होन्डा यामाहाको स्कुटरभन्दा धेरै अगाडि रहेको छ । विशेषताहरू उस्तै–उस्तै रहेको यी दुई स्कुटरको मूल्यमा भने यामाहाको जेड्आरभन्दा होन्डाको डियो केही सस्तो रहेको छ ।
यसरी होन्डाको इञ्जिन यामाहाकोभन्दा केही पावरफुल देखिन्छ । होन्डाको डियोमा डिसब्रेक छैन भने यामाहामा डिसब्रेक दिइएको छ । यस्तोमा कुन किन्ने भन्ने छनोट तपाईले गर्ने हो ।

