होन्डा हर्नेट २.० को विक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं । केही समय अगाडि नेपाली बजारमा सार्वजनिक भएको होन्डा हर्नेट २.०को विक्री सुरु भएको छ । कम्पनीले बहुप्रतिक्षित मोटरसाइकल हर्नेट सार्वजनिक गरेर बुकिङ लिन सुरु गरेको थियो ।

जापनी मोटरसाइकल ब्रान्ड होन्डाको लागि नेपालको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होन्डा हर्नेट २.० बुकिङ गर्दा सार्क ब्रान्ड प्रिमियम हेलमेट जित्न सक्ने स्कीमसमेत जारी गरेको थियो । कम्पनीका अनुसार होन्डा हर्नेट २.० नेपालभर रहेको होन्डाको आधिकारिक सोरुमहरुमा उपलब्ध भएको छ ।

होन्डा हर्नेट आधुनिक फिचर लोडेड मोटरसाइकल हो । यसमा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसमा १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ भने यसले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।

होन्डा हर्नेटलाई कम्पनीले नयाँ प्लेटफममा डिजाइन गरेको छ । यसमा डायमण्ड फ्रेमको प्रयोग गरिएको छ भने, यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । १७ इन्चको अलोय ह्वील, दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेकको साथै यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

कम्पनीले यसमा अल डिजिटल कन्सोल दिएको छ । यसमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा पाउन सकिन्छ ।

होन्डा २.० गोल्डेन यूएसडी फर्क भएको सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ । यसको मूल्य भने अन्य प्रतिस्पर्धी पल्सर एनएस २०० र आरटीआर २०० फोर भी भन्दा महंगो रहेको छ । स्याकार ट्रेडिङले अहिले यसको मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

 


Back_to_top