काठमाडौं । मागको कमीले पछिल्लो वर्ष होन्डाले उत्पादन बन्द गरेको मङ्की मोटरसाइकल पुनः उत्पादन सुरु गरेको छ । यसलाई कम्पनीले २०१७ टोकियो मोटर शोमा प्रदर्शन गरिएको थियो ।
यस बाइकमा होन्डाले १२५ सीसी इन्जिन दिनेछ । जसले ७ हजार आरपीएममा ९.३ बीएचपी पावर र ५२५० आरपीएममा ११ एनएम टर्क दिन्छ । यसको डिजाइनिङ प्लेटफर्म पुरानो मोडलको नै रहनेछ र इन्जिन इन्जेक्शन टेक्नोलोजीसँग सुसज्ज्ति हुनेछ । ५.६ लिटरको ईन्धन ट्यांकी दिइने यो वाइकको तौल १०७ किलोग्राम रहेको छ ।
होन्डा मङ्कीको नयाँ स्वरुपमा, एबीएस (एन्टि लकिङ ब्रेकिङ सिस्टम) हुनेछ । एलईडी हेडलाइट रहने यो मोटरसाईकल विश्वव्यापी रूपमा तीन वटा कलर भेरिएन्टमा आउने छ । होन्डाका अनुसार, होन्डा मङ्कीले ६७.१ किलोमिटर प्रति लिटर माइलेज दिनेछ ।
कम्पनीले होन्डा जापानको वेबसाइट मार्फत मङ्कीको नयाँ अवतार सार्वजनिक गरेको छ । यसको अन्तर्राष्ट्रिय बजारमा मूल्य ३ हजार ७ सय डलर रहने छ । यदि यो वाइक भारत या नेपाला आयो भने यसको मूल्य कति पर्छ त्यो भने प्रतिक्षा गर्नु पर्नेछ ।