काठमाडौं । स्वीडिस कार निर्माता कम्पनीले २०२५ सम्ममा आफ्नो बिक्रीमा ५० प्रतिशत इलेक्ट्रीक कारहरुको हिस्सा पुर्याउने लक्ष्य राखेको छ । भोल्भोले बेइजिङ मोटर शोमा उक्त घोषणा गरेको हो ।
कम्पनीले यो घोषणा यसअघि आफुले अगाडि ल्याएको सन् २०१९ सम्ममा सबै किसिमका हल्का हाइब्रिड, प्लग–इन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक गाडीहरु लन्चगर्दै जाने योजना अनुरुप आएको बताएको छ ।
यसबाहेक, कम्पनीले आफ्नो रणनीतिबारे जानकारी दिर्दै चीनमा उत्पादनको आधा विद्युतीय गाडीहरु बिक्रीगर्ने लक्ष्य सार्वजनिक गरेको हो । उक्त मोटर शोमा कम्पनीले आफ्नो पहिलो प्लग–इन हाइब्रिड गाडीसमेत पेश गरेको थियो ।
भोल्भो कारले चीनमा एस ९० र एस ९० एलटी ८ टुइन इन्जिन उत्पादन गर्दै आएको छ । यसै साताबाट, चीनमा कम्पनीले आफ्नो भोल्वो एक्ससी ६० टि ८ टुइन इन्जिन पनि उत्पादन सुरु गर्नेछ । नयाँ एक्ससी ४० टी ५ प्लग–इन हाइब्रिड संस्करण सबै भन्दा पहिले बेइजिङमा सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।
भोल्भो कारका लागि, चीन यस्तो ठूलो बजार हो, जहाँ कम्पनीले यस वर्षको पहिलो क्वाटर्रमा २३.३५ प्रतिशतले बिक्रीमा बढोत्तरी भएको छ । गतवर्ष चीनमा पहिलो पटक, भोल्भो कारले १ लाख युनिट्स बिक्री पार गरेको थियो ।