काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको दशैं स्कीम सार्वजनिक भएको छ । कम्पनीले होन्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा १० लाखसम्म जित्न सकिने स्कीम सार्वजनिक गरेको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको दुईपाँग्रे खरिदमा स्क्रयाचमार्फत १० लाखसम्म जित्न सकिने अफर ‘दशैंमा १० लाख’ स्कीम सार्वजनिक गरेको हो ।
सोही स्कीममा ग्राहकले स्क्रयाचका अलावा अर्को स्क्रयाच वा ५ वर्षको वार्षिक मेन्टिनेन्स खर्चको स्कीम छनोट गर्न सक्नेछन् । साथै यो स्कीममा होन्डाका विग बाइक किन्ने ग्राहकले १ लाखसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै, फाइनान्समा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहाने ग्राहकले १ प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।
यो स्किम होन्डाको देशभर रहेका शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

