हुण्डाईको ईभी एक्स्चेन्ज अफर : जुनसुकै पुरानाे ईभीसँग नयाँ साट्न सकिने

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले ‘अपग्रेड योर इलेक्ट्रीक जर्नी विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्स्चेन्ज अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले जुनसुकै ब्राण्डको पुरानो विद्युतीय गाडीसँग हुन्डाईको कोना वा आयोनिक ईभीसँग साट्न सक्नेछन् । यो एक्स्चेन्ज योजनामा कोनाको न्यूनतम एक्स्चेन्ज मूल्याकंन रु.४० लाख कायम गरिएको छ । जुन हालसम्मको मूल्याकंनमा सबभन्दा बढी भएको कम्पनीले जनाएको छ ।

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोनो इलेक्ट्रिक वा आयोनिक फाइभको उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन् । एक्स्चेन्ज अफर हुन्डाईका नेपालभरीका शोेरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपालका विद्युतीय सवारी साधनहरूमा हुन्डाई ईभीहरू अग्रपंत्तिमा रहेका छन् । यी ईभीहरूले विश्वभरका ग्राहकहरूको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दह्रो वर्चश्व कायम गरी सफलता हासिल गरिरहेको छ ।

प्रतिस्पर्धात्मक विद्युतीय सवारी साधनको बजारमा हुन्डाईले फ्युचरिष्टिक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ । यो योजनाबाट ग्राहकहरूले कोना तथा आयोनिक फाइभको सम्पूर्ण विशेषताहरूसँग साक्षात्कार गर्न पाउने छन् ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।

यस कम्पनीले परिवर्तनशील नयाँ संरचना मार्फत सवारी साधन बिक्री मात्र नभई देशभर चार्जिङ स्टेशन विस्तार गरी नेपालमा विद्युतीय सवारी साधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ ।


Back_to_top