काठमाडौं । नेपालमा हुण्डाई माेटर्सकाे आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक फाइभको खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ‘वान मोर रिजन टु गो इलेक्ट्रीक’ नारा सहित यो अफर सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत सवारी खरिदकर्ताले उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोशको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् । कम्पनीले वर्तमान आवश्यकता अनुरूप विद्युतीय गाडीहरूको प्रयोगमा वृद्धि गर्न र आफ्नो उत्पादनको प्रवर्द्घन गर्न यो योजना सार्वजनिक गरेको जनाएको छ ।
हुण्डाई कोना तथा आयोनिक फाइभ नेपालको विद्युतीय गाडीहरुको श्रेणीमा अग्रपङ्क्तिमा आउँछ र यी दुवै उत्पादनहरूले ग्राहकहरूको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले कोना तथा आयोनिक फाइभ विद्युतीय गाडीको पर्यायवाची बनिसकेको छ ।
यस योजनासँगै कम्पनीले विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

