ईभीमा हुने मोटरले कसरी गर्छ काम ? हुन्डाईले देखायो भिडियो

काठमाडौं । विद्युतीय सवारी साधनमा दिइने इलेक्ट्रीक मोटरले कसरी काम गर्छ भन्ने जिज्ञासा धेरैमा रहेको हुन सक्छ । यस्तो जिज्ञासा भएकाहरुलाई लक्षित गर्दै हुन्डाई मोटर ग्रुपले एक भिडियो सार्वजनिक गरेको हो ।

हुन्डाईका अनुसार विद्युतीय साधनमा हुने मोटर भित्र तीन फरक स्टेपको प्याकेज गरिएको हुन्छ । जसमा मोटर, रिड्यूसर र इन्भर्टर हुन्छन् । यी तीनवटैलाई एक स्थानमा प्याकेजिङ गरेर गाडीमा जडान गरिएको हुन्छ ।

यी तीनवटै हार्डवयर बीना गाडी गुडाउनै सकिँदैन । तीनै कुराले गर्ने काम अलग अलग हुनेनै भयो । मोटरले टर्क जेनेरेट गर्छ । रिड्यूसरले मोटरबाट सृजना भएको टर्कलाई पाङ्ग्राहरुमा पठाउने काम गर्छ । इन्भर्टरको काम चाहिँ करेन्टलाई डिसीबाट एसी बनाउने हो ।

विद्युतीय साधनमा सुरुवातमै ८०० भोल्ट आर्किटेक्चर प्रयोग गर्ने हुन्डाईले मोटरको विषयमा पनि निकै सरल र सहज लाग्नेगरी भिडियो तयार परेको छ । त्यो भिडियोले तपाईको पनि जिज्ञासा मेट्न सक्छ ।


Back_to_top