सेकेन्ड ह्यान्ड गाडी किन्ने उत्कृष्ट थलो ‘हुन्डाई एच प्रमिश’, वारेन्टिदेखि बैंकिङसम्म पाइने

काठमाडौं । दक्षिण कोरियाली कम्पनी हुन्डाईको नेपालका लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले सेकेन्ड ह्यान्ड गाडीको बिक्री सहज बनाउने उद्देश्यले ‘हुन्डाई एच प्रमिश’ सञ्चालन गरिरहेको छ । 

ब्रान्डेड, सर्फिफाइड तथा भेरिफाइड सेकेन्ड ह्यान्ड कारको सटटपट्टा, खरिद बिक्री गर्दै आएको कम्पनीले ग्राहकको चाहना र आवश्यकता अनुरुप कार उपलब्ध गराउँदै आएको छ । 

तीन महिना अगाडिबाट सञ्चालन हुँदै आएको ‘एच प्रमिश’ले मासिक ३० वटासम्म सेकेन्ड ह्यान्ड गाडीको खरिदबिक्री तथा सट्टापट्टा गर्दै आएको छ । कम्पनीका डिलर हेड प्रमोद ढुंङ्गेलले आफुहरुले विश्वसनिय तथा पारदर्शी ढंगबाट पुराना कार बिक्री गर्दै आएको जानकारी दिए । 

 १ लाख किलोमिटरभन्दा माथि गुडेको वा सात वर्षभन्दा पुरानो गाडीमा भने कुनै वारेन्टी प्रदान गरिएको छैन । 

‘गाडीको अवस्था, खरिद गरेको अवधि, माइलेजलगायत पक्षको आधारमा सेकेन्ड ह्यान्ड कारको मूल्यांकल गर्छाै । सोही आधारमा कारको बिक्री वितरण तथा सट्टापटट गर्ने गर्छाै,’ ढुङ्गेलले भने, ‘विस्तार हुँदै गएको सेकेन्ड ह्यान्ड कारको बजारमा एच प्रमिशले राम्रो स्थान हासिल गरेको छ ।’ 

एच प्रमिशले कार चढ्न चाहाने मध्यमस्तरियको आय भएका ग्राहकलाई सजिलो वातावरण बनाएको उनको दाबी छ । ग्राहकबाट खरिद गरेको सेकेन्ड ह्यान्ड कारलाई उत्कृष्ट मेन्टेनेन्स पश्चात् यहाँ बिक्री गरिन्छ । हुन्डाईले संस्थागत ढंगबाटै कारको सट्टापट्टा गर्ने प्रणालीको विकास गरेको छ, यसले छोटो समयमा नै राम्रो मार्केट शेयर लिएको ढुङ्गेलको दाबी छ ।  

वारेन्टी-ग्यारेन्टी 

कम्पनीले सेकेन्ड ह्यान्ड कारमा समेत फस्ट ह्यान्ड कारमा जस्तै ग्यारेन्टी तथा वारेन्टी प्रदान गर्दै आएको छ । एच प्रमिशले १५ हजार किलोमिटरसम्म गुडेको गाडीलाई एक वर्षसम्मको वारेन्टी तथा तीन वर्षको फ्रि सर्भिस प्रदान गर्दै आएको छ । १ लाख किलोमिटरभन्दा माथि गुडेको वा सात वर्षभन्दा पुरानो गाडीमा भने कुनै वारेन्टी प्रदान गरिएको छैन । 

कम्पनीले ७ वर्षभन्दा बढी गुडेको गाडीको सट्टापट तथा बिक्र वितरण नगर्ने ढुङगेलले बताए । कार सट्टापट्टा गर्दा दुर्घटनामा परे नपरेको जानकारी लिइन्छ । समान्य दुर्घटनाबाट कारको कुनै पार्टमा क्षति भएको भए सो पार्टलाई परिवर्तन गरिन्छ । यसरी परिवर्तन गरिएको पार्टमा समेत वारेन्टी प्रदान गर्ने गरेको ढुंगेलले बताए । 

यसका अलवा कम्पनीले कारको मेकानिकल तथा इलेक्ट्रीकल पार्टमा वारेन्टी प्रदान गर्दै आएको छ । तर, रियर पार्टस, स्पार्क प्लग, बेल्ट, ब्रेक प्याड र सुज, डिस्क ब्रेक, क्लच डिस्क, प्रेसर प्लेट, टायर, ट्युब लगायतका प्लास्टिक आइटममा भने, कुनै वारेन्टी नदिने कम्पनीले जनाएको छ । 

कम्पनीले सबै प्रकारका कारमा बिक्री भएको मितिबाट एक वर्षको अवधिसम्म तीन पटक निःशुल्क सर्भिस प्रदान गर्दै आएको छ ।  

जस अन्र्तगत ५ हजार किलोमिटरदेखि दश हजार किलोमिटरसम्म गुडेको वा बिक्री भएको चार महिनापछिको अवधिमा फस्ट सर्भिसिङ सुविधा प्रदान गरिन्छ । 

त्यस्तै, १० हजार किलोमिटरदेखि ११ हजार किलोमिटरसम्मको दूरी पार गरेपछि वा बिक्री भएको ८ महिना अवधिपछि दोस्रो सर्भिसिङको सुविधा प्रदान गरिन्छ । यसैगरी १४ हजार किलोमिटरदेखि १५ हजार किलोमिटरबीचको अवधिमा वा डेलिभरी भएको १२ महिनामा तेस्रो सर्भिस प्रदान गरिन्छ । 

फाइनान्स सुविधा

कम्पनीले राष्ट्र बैंकको नीति अनुरुप नै सेकेन्ड ह्यान्ड कारमा फाइनान्स सुविधा प्रदान गर्दै आएको छ । आठ वर्षभन्दा पुराना गाडीमा फाइनान्स सुविधा दिइदैन । आठ वर्षको अवधिलाई आधार मान्दै फाइनान्सिङ सुविधा प्रदान गरिन्छ । हाल, कम्पनीले लक्ष्मी बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र स्टान्र्डड चार्टडबाट कारको फाइनान्सिङ गर्दै आएको छ । 

यी बैंकले सेकेन्ड ह्यान्ड कारमा १६ प्रतिशत ब्याजदरमा ऋण सुविधा प्रदान गर्दै आएका छन् । नयाँ कारमा जस्तै सेकेन्ड ह्यान्ड कारमा पनि वारेन्टी, ग्यारेन्टी, छुट, उत्कृष्ट फाइनान्सिङ सुविधा प्रदान गर्दै आएको उनको दाबी छ ।


Back_to_top