हुन्डाई भेन्यूले जित्यो ‘टप सेफ्टी पिक’ अवार्ड

काठमाडौं । हुन्डाई भेन्यूले अमेरिकी ‘इन्स्योरेन्स इन्च्यूट अफ हाइवे सेफ्टी’ले प्रदान गर्ने ‘टप सेफ्टी पिक’ अवार्ड जित्न सफल भएको छ । इन्स्योरेन्स इन्च्यूट अफ हाइवे सेफ्टी अमेरिकी ग्रैरनाफा मुलक स्वतन्त्र निकाय हो ।

इन्स्योरेन्स इन्च्यूट अफ हाइवे सेफ्टीले गरेको विभिन्न ६ प्रकारको परिक्षणमा भेन्यू खरोरुपमा उत्रेको हो । यसको ड्राइभर साइड ओभरल्याप फ्रन्ट, पेसेन्जर साइड ओभरल्याप फ्रन्ट, मोर्डेड ओभरल्याप फ्रन्ट, साइड इम्प्याक्ट, रुफ स्ट्रेन्थ र हेड रेष्ट एसिस्टेन्सको परिक्षण गरिएको थियो ।

यी सबै परिक्षणमा भेन्यू उत्कृष्ट देखिएको इन्स्योरेन्स इन्च्यूट अफ हाइवे सेफ्टीले जनाएको छ । ६ प्रकारको परिक्षणमा भेन्यूमा रहने चालकदेखि यात्रुसम्म सुरक्षीत रहने देखिएको हो । परिक्षणमा भेन्यूको टप भेरियन्टको प्रयोग गरिएको थियो ।

इन्स्योरेन्स इन्च्यूट अफ हाइवे सेफ्टीले यसमा प्रयोग भएको हेडलाइटलाई ठिक ठाक भनेको छ । हेडलाइटकै कारण भेन्यूले ‘टप सेफ्टी प्याक प्लस’ अवार्ड जित्न नसकेको बताइएको छ । भेन्यूले ग्लोवल एनक्याप क्र्यास टेष्टमा भने ‘फोर स्टार रेटिङ’ पाउन सफल भएको छ ।


Back_to_top