काठमाडौं । हुन्डाईले भारतमा गत महिना सार्वजनिक गरेको नयाँ जेनेरेसन भेन्यूको बुकिङ ३२ हजार युनिट पुरा भएको कम्पनीले जनाएको छ । नयाँ जेनेरेसन मोडलको उच्च माग रहँदा उक्त बुकिङ पुगेको हो ।
हुन्डाई मोटर्स इन्डियाले सेकेण्ड जेनेरशन भेन्यू नोभेम्बर ४ देखि भारतमा बुकिङ खुला गरेको थियो । सन् २०१९ मा पहिलो पटक लन्च भएको भेन्यूको पहिलो पटक नयाँ जेनेरेसन आएको हो ।
नयाँ जेनेरेसन हुन्डाई भेन्यूमा ब्यापक परिमार्जन भएर आएको छ । कम्पनीले यसमा प्रयोग भएको सस्पेन्सन परिवर्तन गरेको हो । नयाँ जेनेरेशन भेन्यूको अगाडि कोइल स्प्रिङ भएको म्याकफर्सन स्ट्रट र पछाडि कोइल स्प्रिङसँग जोडिएको टोर्सन बीम एक्सल सस्पेन्स दिएर ल्याएको छ ।
कम्पनीले नयाँ भेन्यूमा थ्री स्पोक ‘डि-कट’ स्टेरिङ दिएको छ । स्टेरिङबाट हुन्डाईको लोगो हटाएर चार वटा थोप्ला भएको ‘मस्कट’ प्रयोग गरिएको छ ।
नयाँ भेन्यूको टप भेरियन्टमा दिइएको एम्बियन्ट लाइट, मोर्डन डिजाइन अनुभव गराउने गियर नब र १२.३ इन्चको दुई स्क्रीन जोडिएर बनेको फुल प्यानारोमिक डिस्प्ले निकै आकर्षक छ । सुरक्षाको लागि एडास फिचर पनि यसमा दिइएको छ ।
एडास भित्र लेन फलोइङ एसिस्ट, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, फरवार्ड कोलिजन अभोइडेन्स एसिस्ट, स्मार्ट क्रुजकन्ट्रोल, हाइबिम एसिस्ट, लिडिङ भेहिकल डिपार्चर अलर्ट लगायतका १६ फिचर छन् ।
त्यसैगरी, ३६० डिग्री क्यामेरा, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल, फ्रन्ट पार्किङ सेन्सर, ६ एयरब्याग, सबै चक्कामा डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी मेनेजमेन्ट सिस्टम जस्ता फिचरको कारण सुरक्षामा पनि भेन्यू निकै अब्बल भएको पाइयो ।
हुन्डाईले नयाँ जेनेरेशन भेन्यूमा ट्रयाक्सन कन्ट्रोल उपलब्ध छ । जसको सहयोगले स्यान्ड, मड र स्नो मोड पाउन सकिन्छ । यसमा कम्पनीले ईभीकै जस्तो ईको, नर्मल र स्पोर्टस् मोड दिएको छ । सडकको अवस्था अनुसार मोड छानेर चलाउँदा फरक किसिमको ‘ड्राइभिङ फन’ पाउन सकिन्छ ।
हुन्डाईको निकै परिस्कृत १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन निकै किफायती छ । हुन्डाई भेन्यूको नयाँ जेनेरेशन मोडल आगामी फेब्रुअरी अन्तिमसम्ममा बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।


