काठमाडौं । यही मंसिर २० गते (शनिबार) सीएफमोटो तेस्रो मासिक राइड आयोजना हुने भएको छ । सीएफमोटो नेपाल आयोजना गर्ने उक्त राइड काठमाडौंदेखि काभ्रेको बल्थलीसम्म हुने भएको हो ।
एभरेष्ट बाइकर नेपाल बलाजु (नयाँबजार)बाट बिहान ९ बजे सुरु हुने राइड गोदावरी-लाखुरी-खौपासी-बल्थली-नमोबुद्ध-धुलिखेल-नाला-काठमाडौं (अफ-रोड मार्ग) आएरसम्पन्न हुनेछ ।
पूर्व-दक्षिण पहाडी क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सुन्दरता समेट्ने बल्थली र नमोबुद्धलाई मुख्य गन्तव्यको रूपमा चयन गरिएको आयोजकले जनाएको छ ।
विविध भू-भाग, मनोहारी दृश्य र परम्परागत गाउँ संस्कृति समेटिएको यो मार्गले सीएफमोटो ४५० एमटीको वास्तविक–विश्व प्रदर्शनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नेछ।
राइडमा सहभागीहरूले घना जंगल मार्ग, चट्टानी उकालो, हिलो भाग, नदी पार, खुला खेतीबारी क्षेत्र, परम्परागत बस्ती र शान्त वातावरणमा अवस्थित नमोबुद्ध गुम्बा हुँदै आफ्नो साहसिक क्षमताको परीक्षण अनुभव गर्नेछन् ।
राइडले दिगो तथा जिम्मेवार एड्भेञ्चर राइडिङ प्रवद्र्धन गर्ने, समुदाय बीचको आपसी सम्बन्ध सुदृढ गर्ने, नेपालको प्राकृतिक-सांस्कृतिक सौन्दर्यप्रति सम्मान गर्ने आयोजकको भनाइ छ ।
राइडमा सहजीकरणका लागि अनुभवी मार्शल तथा ट्रिप गाइड र मेकानिकल सपोर्टको व्यवस्था गरिएको छ ।

