काठमाडौं । हुन्डाई मोटर्सले न्यू जेनेरेसन भर्ना गएको महिना सार्वजनिक गरेको थियो । पहिलाकोभन्दा फराकिलो ह्वीलबेस, नयाँ डिजाइन र इन्टेरियरमा व्यापक सुधार गर्दै यो कार बजारमा ल्याएको हो ।
कम्पनीले नयाँ भर्नाको मूल्य १० लाख ९० हजार देखि १७ लाख ३८ हजार भारतीय मूल्य (एक्स–शोरु) निर्धारण गरी बिक्री वितरण गर्दै आएको छ । यो मिडसाइज सेडान सार्वजनिकपछि होन्डा सिटी, मारुती सुजुकी सियाज, भक्सवागेन भार्च्स र स्कोडा स्लेभियासँग प्रतिष्पर्धा गर्दैछ ।
नयाँ भर्नाको मुख्य पाँच फिचरहरूको बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
१. पावरट्रेन
हुन्डाईले हाल आफ्नो सवारीमा डिजेल भेरियन्ट बन्द गर्ने घोषणा गरेसँगै नयाँ भर्नामा न्यू १.५ लिटर टीजीडीआइ पेट्रोल इन्जिन दिएको छ । यो इन्जिनले १६० ब्रेक हर्सपावर र २५३ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार यो कारले जम्मा ८.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको टप स्पीडमा गुड्न सक्छ ।

२. डाइमेन्सन
अन्य भर्ना मोडलक तुलनामा २०२३ मोडल भर्ना केही ठूलो आकारको रहेको छ । यसमा २६७० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसको चौडाइ भने १७६५ एमएम रहेको छ । हुन्डाईले यो सेडान कारमा ५२८ लिटरको बुट स्पेस पनि दिएको छ ।
३. फिचर्स
कम्पनीले यो गाडीमा निकै आकर्षक फिचर्सहरू समावेश गराएको छ । जसअन्तर्गत यसमा १०।२५ इन्चको स्क्रीन सेटअप, पावर्ड ड्राइभर सिट, फ्रन्ट भेन्टिलेटेड तथा हिटेड सिट, ६४ कलर एमबीएन्ट लाइटनिङ दिएको छ । यसमा स्वीच गर्न मिल्ने इन्फोटेन्मेन्ट, क्लाइमेट कन्ट्रोलर लगायत पाउन सकिन्छ ।

४. डिजाइन
२०२३ भर्ना निकै फ्युचरिस्टिक डिजाइनमा तयार गरिएको छ । यसको अगाडि रहेको होरिजेन्टल स्ट्राइप भएको डीआरएल तथा रियरमा पनि रहेको सोही प्रकारको लाइटले यो कारलाइ अत्याधुनिक देखाएको छ । यो कारको धेरै स्थानमा दिएको सार्प कट डिजाइले यो कार आकर्षक तथा स्पोर्टि देखिएको छ ।

५. सेफ्टी टेक
२०२३ भर्नाले यसको लाइन–अपमा आफ्नो स्ट्याण्डर्ड फिचरकाे रूपमा ६ वटा एयरब्याग दिएको छ। यससँगै, लेभल २ एडास टेक रहेकाले यो कारमा यात्रा गर्दा समग्र सुरक्षा प्याकेजले थप अब्बल बनाएको छ ।
त्यसबाहेक, यसमा भीएसएमसहित इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अल फोर डिस्क ब्रेक, इलेक्ट्रीक पार्किङ ब्रेक, फ्रन्ट पार्किङ सेन्सर, कर्नरिङ ल्याम्प, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत थप सुविधाहरू दिएको छ ।

