हुन्डाईले लस एन्जेलस मोटर शो २०१९ मा ‘भिजन टि कन्सेप्ट’ अनविल गरेको छ । सातौं हुन्डाई डिजाइन सेन्टर अवधारणाको रुपमा आएको यो कन्सेप्ट अनुरुप भबिष्यमा हाइब्रिड एसयूभी निर्माण हुनेछन् ।
हुन्डाईका हाइब्रिड उत्पादन वातावरणमैत्री हुने छन् । हुन्डाइले आफ्नो पछिल्लो टी कन्सेप्टले समग्र कम्पनीको नयाँ डिजाइनलाई परिभाषित गर्ने अपेक्षा गरेको छ ।
यो अवधारणाले एसयुभीको डिजाइनलाई डायनामिक रुपमा प्रस्तुत गर्नेछ । एडभेन्चर बढि स्टाइलमा तयार हुने ती एसयूभीमा ठूलो साइजका ह्वील लगाइनुका साथै उच्च ग्राउन्ड क्लियरेन्स दिइने कम्पनीले जनाएको छ ।
एसयूभीमा स्टेक एलइडी फ्रन्ट लाइटिंनिङ इलीमेन्ट, र्याक विन्डशिल्ड, सार्प बडी प्यानल, अपराइट फ्रन्ट फेसिका, स्क्वारल ह्वील आर्क, फ्रन्ट र रियरमा हुन्डाईको लोगो लगाइने छ । रियर इन्डमा एलइडी स्ट्रिप दिइने छ भने, मस्कुलाइन वेज लाइन कोरिने छ ।
उक्त कन्सेप्ट एसयूभीको लम्बाई ४.६१ मिटर, उचाई १.७ मिटर, चौडाई २.०१ मिटर हुनेछ भने, ह्वीलवेश २.८ मिटर रहने छ । उक्त एसयूभीमा प्लग इन हाइब्रिड सिस्टमयुक्त पावरट्रेन लगाइने कम्पनीले जनाएको छ ।
यद्यपी यस अवधारणामा आधारित हाइब्रिड एसयूभीको उत्पादन कहिलेबाट सुरु गर्ने भन्नेबारे कम्पनीले कुनै जानकारी गराएको छैन ।

