काठमाडौं । हुन्डाई मोटर्सकाे आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले प्रतिष्ठित फुटबल इभेन्ट फिफा वर्ल्डकपलाई लक्षित गरी आयोजनाको गरेको हुन्डाई वर्ल्डकप प्रेडिक्ट एण्ड विन योजनाका बिजेताहरुलाइ पुरस्कार बितरण गरेको छ ।
हुन्डाई वर्ल्डकप प्रेडिक्ट एण्ड विन, हुण्डाई रोड टु रसियाकै एउटा भाग थियो, जुन हुन्डाइ नेपालको आधिकारिक वेबसाइट पेजमार्फत् संचालन गरिएको थियो । जगननाथ राउत, किसमत पाण्डे र अशोक भण्डारीले आफूले पाएको जम्मा अंकको आधारमा क्रमशः ४३ इन्चको स्याम्सङ स्मार्ट टिभी, ३२ इन्चको स्याम्सङ स्मार्ट टिभी र कुलप्याड प्ले सिक्स स्मार्टफोन जितेका छन् । यसैगरी, दिपेन्द्र कार्की, प्रयस बिदारी, समिप सिंग पाहारी, देवराज घिमिरे, नितेश राज रेग्मी र आस्मा रायमाझी ले कुलप्याड कुलवान स्मार्टफोन जितेका हुन् ।
सोमवार अयोजित पुरस्कार वितरण कार्यक्रममा मिस नेपाल वल्ड २०१८ श्रींखला खतिवडा र हुन्डाई मिस फ्रेण्डसिप २०१८ शायारा लामाले सयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । हुन्डाइले ४ जनाभाग्यशाली ग्राहकहरुलाई रसियामै गएर स्टेडियममा लाइभ फाइनल म्याच हेर्ने अवसर प्रदान गरेको थियो ।

