इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको ‘रेसिङ च्याम्पेनसिप’ हुँदै

काठमाडौं । भारतमा नै पहिलो पटक इलेक्ट्रीक दुई पाङ्ग्रे ‘रेसिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ । टीभीएसले ‘वन मेक च्याम्पीयन’को घोषणा गरेको हो ।

योसँगै टीभीएस इलेक्ट्रीक मोटरसाइकल रेसिङ गराउने पहिलो भारतीय मोटरसाइकल उत्पादक कम्पनी हुने भएको छ ।

टीभीएसको यो इलेक्ट्रीक रेसिङ च्याम्पीयन इन्डियन नेशनल मोटरसाइकल रोड रेसिङ च्याम्पीयनसिपको चौथो चरणमा डेब्यू गर्नेछ ।

टीभीएस इलेक्ट्रीक वन मेक च्याम्पनीयनशिपको पहिलो चरणमा ८ जना राइडरले टीभीएस अपाचे आरटीइ रेसिङ मोटरसाइकल राइड गर्नेछन् ।

टीभीएसले यो रेसिङ च्याम्पीयनशिपका लागि स्पेशल इलेक्ट्रीक मोटरसाइकल तयार पारेको छ । झट्ट हेर्दा अपाचे आरआर ३१० जस्तो देखियो अपाचे आरटीइमा लिक्वीड कुल्ड मोटर र हाई इफिसेन्सी लिक्वीड कुल्ड मोटर कन्ट्रोलरको प्रयोग गरेरको छ ।

त्यस्तै कम्पनीले यासमा हाई पावर लिथियम ब्याट्री प्रयोग गरेको छ । ब्याट्री केसमा भने कम्पनीले कार्वन फाइवरको प्रयोग गरेको छ । टीभीएसले यसको बीएमएसलाई कस्टम गरेर रेसिङ अल्गोरिदममा तयार पारेको हो ।

यसको सस्पेन्सनमा दुबै तर्फ रेसिङ सस्पेन्सन उत्पादक कम्पनी ओलिन्स रेसिङको सस्पेन्सन प्रयोग गरिएको छ । दुबै तर्फ डिस्क ब्रेक भएको यो मोटरसाइकलको फ्रन्टमा ३२० एमएमका डिस्क दिइएको छ । यसको क्यालिपर तथा मास्टर सिलिन्डर ब्रेम्बोको प्रयोग भएको छ ।

यो रेसिङ मोटरसाइकलमा टीभीएसले पिरेलिको सुपर क्रोसा टायर प्रयोग गरेको छ । कम्पनीले यसको फियरिङमा कार्वन फाइवरको प्रयोग गरेको छ ।
यो मोटरसाइलको बारेमा कम्पनीले अन्य जानकारी भने बाहिर ल्याएको छैन ।


Back_to_top