टाटाको कपन सर्भिस सेन्टर, जहाँ एकैपटक १२ वटा ईभीले पाउँछन सेवा (भिडियो रिपोर्ट)

काठमाडौं । टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ईभी बिक्री सुरू गर्नुअघि नै पूर्वाधारमा खास जोड दिएको थियो । त्यसैले त कम्पनीले नेक्सन ईभी बिक्री थाल्नु अघि देशका विभिन्न भागमा डिसी चार्जर जडान गर्यो ।

सिप्रदीको चार्जिङ स्टेशन निर्माणले अन्य ब्राण्डलाई चार्जर जडान गर्नै पर्ने बाध्यता सृजना गराएको थियो । परिणम तपाईं हाम्रो माझमा छँदैछ । अहिले जस्तोसुकै नयाँ ब्राण्डले पनि चार्जर जडान गराएका छन् ।

चार्जरसँगै सिप्रदीले सर्भिस सेन्टर निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । उसोत सिप्रदी त्यतिकै पनि बलियो सर्भिस नेटवर्क भएको कम्पनीमा पर्छ । देशका प्रमुख सहरी क्षेत्रमा सेल्स, सर्भिस सेन्टर र स्पेयर पार्टसको सुविधा उपलब्ध गराएको कम्पनीले गाडीको चाप धेरै हुने उपत्यकालाई विशेष महत्व राखेर काम गरिरहेको छ ।

त्यसको परिणाम हो कपनमा रहेको सुविधा सम्पन्न सर्भिस सेन्टर । सुकेधारा चोकबाट २ किलोमिटर दुरीमा रहेको सर्भिस सेन्टर ओम हस्पिटलको बाटो लिएर धोबीखोला किनारै किनार जाँदा ३ किलोमिटरमा पर्छ । खोला किनारसँगै रहेको सर्भिस सेन्टरमा जाने उपभोक्ताले आफ्नो काम गर्नेदेखि कफी पिउने सुविधा पाउने छन् ।

उपभोक्तालाई सहज सुविधा दिन सकियोस् भन्ने कुरामा कम्पनीले खास ध्यान दिएको हामीले पायौं । सर्भिस सेन्टरमा जाने उपभोक्ताले कुरेरै गाडी लिएर जान चाहेमा पनि राम्रै सुविधा पाउने छन् । पिउन कफी, इन्टरनेटको सुविधा, बस्नको लागि लग्जरी लाउन्जको व्यवस्था गरिएको छ । त्यहाँ आरामसँग आफ्नो ल्यापटप खोलेर काम पनि गर्न सकिन्छ ।

के छन् अन्य सुविधा ?

सर्भिस सेन्टर भएको कारण मुख्य सुविधा सर्भिसमै हुनुपर्छ, त्यसमा कम्पनीले कुनै कसर बाँकी राखेको छैन । १० जना दक्ष टेक्निसियनले गाडीमा सर्भिस सुविधा दिइरहेका छन् ।

कुल एरिया ५.५ रोपनीमा फैलिएको सर्भिस सेन्टरमा १२ वटा वे राखिएको छ । एक दिनमा ३० युनिट गाडीले सजिलै सर्भिस सेवा पाउने कम्पनीको भनाइ छ । स्पेयर पार्टसकाे गोदाम पनि सँगै भएकाले सर्भिस छिट्टै पाउन सकिन्छ ।

सर्भिस सेन्टरमा चार्जिङको सुविधालाई पनि कम्पनीले विशेष ध्यान दिएको देखियो । यहाँ ६० किलोवाटको डीसी चार्जरसँग दुई वटा सीसीएस–टु गन पाउन सकिन्छ । त्यसैगरी ७.२ किलोवाटको फास्ट एसी चार्जर ४ वटा छन् भने ३.३ किलोवाटको एसी चार्जर ८ वटा छन् । समग्रमा एक पटकमा १४ वटा गाडी चार्ज गर्न सकिन्छ ।

 


Back_to_top