काठमडाौं । कोरियन अटोमोबाइल कम्पनी हुन्डाई मोटर्सले दुई मोडलका इलेक्ट्रीक कारको उत्पादन रोक्ने भएको छ ।
हुन्डाईको दक्षिण कोरियाको उत्सान-१ प्लाण्टमा रहेको उत्पादन लाइन-१२ मा आगामी फेब्रुअरीदेखि २४-२८ सम्म बन्द गर्न लागेको हो । योे लाइनमा आयोनिक ५ र कोना ईभीको उत्पादन हुने गरेको छ ।
पछिल्लो समयमा इलेक्ट्रीक भेहिकलको मागमा कमी आएका कारण हुन्डाईले ५ दिनका लागि आफ्ना ईभीहरूको उत्पादन बन्द गर्ने भएको हो ।
हुन्डाईको ईभीकोे डोमेस्टिक बिक्रीमा कमी आएर घट्दो क्रममा अर्डर भएकाले प्रडक्सन भोलुम समायोजन गर्नका लागि उत्पादन हल्ट गर्न लागिएको कम्पनीले जनाएको छ ।
हुन्डाईले गत महिना कोरियामा ७५ युनिट मात्र आयोनिक ५ बिक्री गरको थियो । कम्पनीले बिक्री बढाउनको लागि हालसालै डिस्काउण्ड तथा अन्य इन्सेन्टिभ स्कीम समेत ल्याएको थियो ।

अटोमोबाइल इन्डष्ट्री एक्सपर्टहरूको अनुसार विश्वको ईभी मार्केटमा आएको मन्दी तथा अमेरिकामा डोनाल्ड ट्रम्पको उदयसँगै विश्वको सबैभन्दा ठूलो अटोमोबाइल बजार अमेरिकामा ईभीको भविष्य के हुने हो अन्योल रहेको छ ।
तर, पनि जनवरीमा हुन्डाईले अघिल्लो वर्षकोभन्दा अमेरिकी बजारमा १५ प्रतिशतले धेरै गाडी बिक्री गर्न सफल भएको छ । अमेरिकी बजारमा हुन्डाईले हाइब्रिड गाडीको बिक्रीमा ७४ प्रतिशत तथा ईभीमा १५ प्रतिशतको वृद्धि गरेको हो । कम्पनीको यो वृद्धिमा सान्ताफे हाइब्रिड, टुसान हाइब्रिड, आयोनिक ५ र आयोनिक ६ को बिक्रीले रेकर्ड बनाएको छ ।

