सय किलोवाटकाे मोटरमा जीपको पहिलो इलेक्ट्रीक एसयूभी, रेन्ज ४८२ किमि

काठमाडौं । अमेरिकी एसयूभी उत्पादक जीपले १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा नयाँ एसयूभी तयार गरेको छ । जीपले आफ्नो पोल्याण्डमा रहेको प्लान्टबाट यसको उत्पादन थालेको हो ।

जीपले यसमा ५० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक दिएको छ । यसलाई एक पटकको फुल चार्जमा ४८२ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । कम्पनीले सन् २०२२ को अन्त्य वा २०२३ को सुरुवातबाट यसको विक्री थाल्ने छ ।

जीप कम्पासबाट प्रेरित यो एसयूभीको नाम के हुन्छ भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । तर, सार्वजनिक भएको तस्वीरले धेरैहदसम्म कम्पास जस्तो अनुभत गराउँछ । नयाँ इलेक्ट्रीक गाडीको फ्रन्ट ग्रिल, अग्लो पिलर, बक्सी डिजाइन र पछाडिको भाग जीप कम्पास जस्तै देखिएको छ ।

जीपले सानो साइजको एसयूभीको रुपमा बजारमा ल्याउने यो इलेक्ट्रीक गाडी ‘ई-सीएमपी’ प्लेटफर्ममा बनाएको हो । कम्पनीले विश्व बजारमा विक्री गर्ने लक्ष्य लिएको यो कारमा ५ जनाले आरामदायी यात्रा गर्न मिल्ने छ ।


Back_to_top