काठमाडौं । जेएमईभी ब्राण्डले सेडान कारमार्फत नेपालमा आफ्नो उपस्थिति जनाइसकेको छ । साथै, जेएमईभीका इलेक्ट्रीक ट्याक्सी पनि बिक्री सुरु भएको छ । यस्तोमा कम्पनीका अन्य नयाँ मोडल नेपाल आउने क्रममा रहेको बुझिन्छ ।
मूल्यका हिसावले कम, फिचर र पर्फमेन्सका हिसावले उत्कृष्ट ‘यिझी ईभी-३’ मोडल नेपाल आउने सक्ने मोडल हो । चीनमा यसलाई अपग्रेड सहित ८ हजार ५५० डलरमा कम्र्फट र ९ हजार १०० अमेरिकी डलरमा लग्जरी भेरियन्ट बिक्रीको लागि उपलब्ध गराएको छ ।

चीनमा फोर्डसँगको सहकार्यमा गाडी उत्पादन गर्दै आएको जेएमईभीको यिझी ईभी-३ को लम्बाइ ३७२० एमएम, चौडाइ १६४० एमएम र उचाइ १५३५ एमएम छ ।
आजकल आउने विद्युतीय कारमा फिचरको लिष्ट लामै रहन्छ । ड्यासबोर्डको बीचमा रहेको स्कृन, थ्री स्पोक स्टेरिङ ह्वील, ५० किलोवाट क्षमताको मोटर, ३०.२४ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको ब्याट्री यसमा रहेको छ ।
यदि नेपाली बजारमा यसको बिक्री सुरु हुने हो भने यसले टाटा टियागो ईभी, विलिङ विङ्गो जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गर्न सकिन्छ ।

