काठमाडौं । आगामी शुक्रबार (जनवरी १७ ) भारतको नयाँ दिल्लीमा लन्च हुने क्रेटा ईभी नेपालमा पनि चाँडै बिक्री सुरू हुने भएको छ ।
नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको धमाधम ‘ब्लाइण्ड बुकिङ’ लिइरहेको हो ।
कम्पनीका अनुसार अहिले १ लाख रुपैयाँ तिरेर क्रेटा ईभी बुकिङ गर्न सकिन्छ । हालसम्म ६० युनिटभन्दा धेरै संख्यामा क्रेटा ईभी बुकिङ भइसकेको कम्पनी स्रोतले जानकारी दिएको छ ।
भारतमा क्रेटा ईभी ४२ र ५१.४ किलोवाट आवरको दुई फरक ब्याट्रीप्याक अप्सनमा उपलब्ध हुनेछ । नेपालमा भने सुरूमा ४२ किलोवाट आवरको ब्याट्रीप्याक भएको क्रेटा ईभी आउने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा अहिले उपलब्ध मिडसाइज एसयूभीहरूमा ५० किलोवाट आवरकोभन्दा ठूला साइजको ब्याट्रीप्याक भएको ईभी उपलब्द रहेकाले रेन्जमा शंका हुन सक्छ । तर, हुन्डाईको कोनामा रहेको ३९ किलोवाट आवरको एलजी केमको ब्याट्रीप्याकले ३०० किलोमिटरको रेन्ज दिइरहेकोले सोही ब्याट्री क्रेटा ईभीमा ४२ किलोवाट आवरको भएकाले कम्तीमा ३०० किलोमिटर रेन्ज पाउन सकिने कम्पनीको भनाइ छ ।
भारतमा भएको एआएआइको परीक्षणमा ४२ किलोवाट आवरको ब्याट्री अप्सनले ३९० किलोमिटरको रेन्ज दिएको पुष्टी गरको छ । भारतीय बजारमा ९९ र १२५ किलोवाटको मोटर अप्सन रहेता पनि नेपाल आउने मोडलमा भने ९९ किलोवाटकै मोटर रहने छ ।
भारतीय बजारमा ४२ किलोवाट ब्याट्री भर्सनमा एक्जुकेटिभ, स्मार्ट, स्मार्ट (ओ) तथा प्रिमियम भेरियन्ट रहेको छ । तर नेपालमा भने स्मार्ट(ओ) र प्रिमियम भेरियन्ट मात्र आउने स्रोतले मेरोअटोलाई जानकारी दियो । यी दुवै भेरियन्टमा १७ इन्चको ईभी स्पेसिफिक डिजाइनको अलोय ह्वील र स्पेयरमा १७ इन्चकै स्टील ह्वील रहेको छ ।
क्रेटा ईभी नेपाली बजारमा ब्ल्याक पर्ल, एटलास ह्वाइट, फेरि रेड, स्टेरी नाइट, ओसियन ब्लू, टाइटेन ग्रे र रोबस्ट एमराल्ड गरी ७ कलर अप्सनमा उपलब्ध हुनेछ ।
एक्टेरियर डिजाइन
क्रेटा ईभीको एक्टेरियरमा एलईडी डीआरएल तथा ड्युल ब्यारल एलईडी हेडल्याम्प, एलईडी सिक्वेसनल इन्डिकेटर रहेको छ । यो ईभीको फ्रन्ट ग्रीलमा पिक्सलेटेड ग्राफिक्स डिजाइन रहेको छ । यसको फ्रन्ट ग्रीलमा चार्जिङ पोर्ट राखिएको छ ।
क्रेटा ईभीको लोअर बम्परमा हुन्डाईको प्रिमियम ईभी आयोनिक ५ को जस्तै एक्टीभ एयर फ्ल्याप दिएको छ । यसको रियरमा कनेक्टेड एलईडी टेललाइट तथा रियर लोअर बम्परमा पिक्सलेट डिजाइनका साथै सिल्भर फल्स स्किडप्लेट समेत रहेको छ ।
साइडमा रेगुलर डिजाइनको डोरह्याण्डल रहेको छ भने १७ इन्चको एरो डिजाइनको ह्वीलले यो ईभीलाई मोर्डन देखाएको छ । डोरमा अँग्रेजी अक्षर एच लोटो प्रोजेक्ट हुने पडल लाइट रहेको छ ।
इन्टेरियर डिजाइन
युनिक कलर थिममा रहेको इन्टेरियरले यो ईभीलाई प्रिमियम देखाएको छ । सिटमा फेब्रिकको सिट कभर रहेको छ भने फ्लोर कन्सोलमा एम्बियन्ट लाइट दिएको छ । यसको ड्यासबोर्डमा इन्फोटेन्मेन्ट र डिजिटल क्लस्टरको लागि १०.२५ इन्चको दुइटा कनेक्टेड स्क्रीन दिइएको छ ।
हुन्डाईले क्रेटा ईभीमा आयोनिक ५ को जस्तै मर्सकोड भएको युनिक स्टेरिङ ह्वील दिएको छ । स्टेरिङ माउण्टेड अडिया र फोन कन्ट्रोल रहेको यो ईभीमको स्टेरिङ कोलुममै गियर सेलेक्टर लिभर रहेको छ । यसमा भिडियो रेकर्डर फङ्सन, ब्लुटूथ कनेक्टीभीटीका साथै ८ वटा स्पीकर सहितको बोसको प्रिमियम साउण्ड सिस्टम समेत दिएको छ । तर, यो साउण्ड सिस्टम भने प्रिमियम भेरियन्टमा मात्रै पाउन सकिन्छ ।
कम्फर्ट एण्ड कन्भिनेन्स फिचर
नेपाल बाउण्ड क्रेटा ईभीमा कम्फर्ट र कन्भिनियन्सका लागि थुप्रै फिचर रहेको छ । यसमा ६ वे पावर एड्जस्टेबल ड्राइभर सिट, वायरलेस मोबाइल चार्जर, २२ लिटरको फ्रङ्क, रियर म्यानुअल कर्टेन, स्मार्ट पानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड, क्रुज कन्ट्रोल, स्मार्ट की विथ पुस बट, एडाप्टिभ गाइडलाइन सहित रियर पार्किङ क्यामरा, इलेक्ट्रीक एड्जस्टेबल ओआरभीएम, रियर वासर सहितको वाइपर आदि जस्ता फिचर रहेको छ ।
स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ, इनसाइड एण्ड आउट साइड भेहिकल टु लोड फिचर भने प्रिमियम भर्सनमा मात्र रहेको छ ।
सेफ्टी फिचर
यो ईभीमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस विथ ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर विथ फ्ल्यास एड्जस्मेन्ट, टाइमर सहितको रियर डिफगर, अटो होल्ड सहितको इलेक्ट्रीक पार्किङ ब्रेक जस्ता फिचर रहको छ । क्रेटा ईभीको प्रिमियम भर्सनमा भने फ्रन्ट क्यामरा, फ्रन्ट राडार, रियर राडार सहितको एड्भान्स ड्राइभर असिस्ट सिस्टम समेत रहेको छ ।
सुरूमा आउने क्रेटाको दुई भेरियन्टमा स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ, बोसको प्रिमियम अडियो सिस्टम, बोसको स्पिकर तथा एडास फिचर बाहेक अन्य फिचर समान रहेको छ । सुरूवाती मूल्य ५० लाखको हाराहारीमा हुने अनुमान गरिएको क्रेटा ईभीमा कम्पनीले दुई भेरियन्टको मूल्यमा २ देखि ५ लाख रुपैयाँसम्म फरक राख्ने सम्भावना छ ।