उत्कृष्ट मूल्यसँगै रेन्जमा पनि अब्बल ‘एक्सथ्री प्रो’ (फोटोफिचर)

काठमाडौं । केहि दिन अघिबाट सेग्मेन्टमै सबैभन्दा सस्तो मूल्यका साथ बुकिङ सुरु भएको केईको एक्सथ्री प्रो एसयूभीलाई मेरोअटोले लामो टेस्ट ड्राइभ गरेको छ । काठमाडौंबाट पूर्वको विर्तामोडसम्म गरिएको टेष्ट ड्राइभमा यसको रेन्ज, ग्राउण्ड क्लियरेन्स, चार्जिङ स्पीड, ड्राइभिङ कम्फर्ट तथा क्याविन फिचरहरुको प्रत्येक्ष अनुभव भयो ।

हाम्रो अनुभवमा यसको क्यावीन फिचर एकदमै प्राक्टिकल छन् । पेट्रोल गाडीको जस्तै गियर लिभर, एसी कन्ट्रोलका लागि सुइच, ड्यासबोर्ड अनुसारको इन्फोटेन्मेन्ट स्कृन, फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, ६ वे एड्जस्टेवल इलेक्ट्रीक सिट र सिटीङ पोजिसनका कारण ठूलो साइजको एसयूभीको अनुभुती गर्न सकिन्छ ।

सुरुवाती मुल्य ४६ लाख ९६ हजार भएता पनि सेग्मेन्ट फस्ट फिचरहरु १२० किलोवाटको मोटर, ५३.६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री, भेहिकल टु लोड सुविधा, १८३ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स यसमा छ । यी नै फिचर र मूल्यको कारण यसलाई भ्यालु फर मनी एसयूभी मान्न सकिन्छ ।

हामीले ९ सय किलोमिटर लामो यात्रा निरन्तर गरेपछि यसको रेन्ज हिसाव गरेका थियौं । यसले औषतमा एक पटकको फुल चार्जमा ३२० किलोमिटरभन्दा माथि रेन्ज दिएको छ । १२० किलोवाट पावरफुल मोटर भएको कारण पावर र स्पीडमा कुनै सम्झौता छैन । यसको फुल टेस्ट ड्राइभ भिडियो चाँडै यहाँहरु माझ सेयर गर्ने छौं ।


Back_to_top