काठमाडौं । कियाले ‘एक्सचेन्ज कार्निभल’ आयोजना गरेर उपभोक्तालाई उत्कृष्ट अफर दिने भएको छ । कम्पनीले एउटै कारमा ६ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र ६ लाख रुपैयाँसम्म नगद छुट दिने भएको हो ।
गैरीधारामा रहेको सिल्भर ओकमा आयोजना हुने उक्त एक्सचेन्ज कार्निभल आगामी शुक्रबारदेखि आइतबारसम्म चल्ने छ । जहाँ नगद छुटसँगै एक वर्षको बीमा र सवारी साधन बापत लाग्ने कर पनि कम्पनीले दिने जनाएको छ ।
मोडल अनुसार स्कीम पाइने यस एक्सचेन्ज क्याम्पमा कियाले बिक्री गर्दै आएको ईभी र पेट्रोलियम पदार्थबाट चल्ने दुवै कार उपलब्ध हुनेछ ।
सामान्यतया यस्ता एक्सचेन्ज क्याम्प नगर्ने कन्टिनेन्टल ट्रेडिङले घट्दो बिक्रीलाई केही ब्रेक लगाउने योजनासहित एक्सचेन्ज क्याम्प लगाएको सहजै अनुमान गर्न सकिन्छ ।
कियाले अहिले सोनेट, सेल्टोस, कारेन्स, ईभी-६, ईभी-९, हाइब्रिड सोरेन्टो लगायतका मोडल बिक्री गर्दै आएको छ । उपभोक्ताले कुनै पनि ब्राण्डका पुराना ईभी ल्याएर कियाका नयाँ ईभीसँग सट्टपट्टा गर्न पाउने छन् ।

