बिजुली कारमा २० प्रतिशत नै डाउन पेमेन्ट !

काठमाडौं । सामाजिक संजालमा विद्युतीय गाडी बिक्रेताहरूले अहिले २० प्रतिशत डाउन पेमेन्ट लेखिएका विज्ञापनहरू चलाएका छन् । नेपाल राष्ट्र बैंकले ‘लोन टु भ्यालू रेसियो’ ६०/४० बनाएसँगै व्यवसायीहरू दोस्रो बाटोबाट २० प्रतिशत डाउन पेमेन्टमै गाडी दिने स्कीम लिएर आएका हुन् ।

यसरी दिइने कर्जाको सजिलो बाटो भने छैन । कतिले बैंकबाट दुई वटा कर्जा लिनु पर्छ भने कतिको हायर पर्चेज कम्पनीबाट कर्जा लिनुपर्छ ।

अहिले बजारमा ब्याजदर नै निक कम भएको समय हो । त्यसैले ब्याजदर पनि थोरै तिर्दा पुग्छ । तर, ब्याजदर बढेको समयमा भने केही कठिन हुनसक्छ । नयाँ बाटोबाट कर्जा लिँदा उपभोक्तालाई थोरै जोखिम बढ्ने देखिन्छ ।

अहिले कम डाउन पेमेन्टमा सबैभन्दा राम्रो ब्याजदर सीजी मोटर्सले अफर गरेको छ । सीजीले आफ्नो एवोन र एक्सपेङ ब्राण्डका गाडी किन्नेलाई ६.५ प्रतिशत ब्याजदर अफर गरेको हो ।

त्यस्तै ओमोडा/जेको ब्राण्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले ८.०५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, दीपलका कारमा ८.९९ प्रतिशत ब्याजदर अफर गरिएको छ ।

ब्याजदरमा सबैभन्दा महँगो बीवाइडीले अफर गरेको छ । बीवाइडीले ९.५ प्रतिशत ब्याजदर अफर गरेको हो ।


Back_to_top