काठमाडौं । एनआईयूको नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा बिक्री सुरू भएको छ । एनआईयू इलेक्ट्रीकको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले एफआईक्यू ३०० को बिक्री सुरू गरेको हो ।
कम्पनीले परिचयात्मक मूल्य ३ लाख ८५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
कम्पनीले स्पोर्टी डिजाइनमा ल्याएको एफक्यूआई ३०० मा ४.८ किलोवाट रेटेड क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ८० किलोमिटर रहेको छ । यसको सिंगल र डबल ब्याट्री अप्सन दिइएको छ । यसलाई एक पटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
यो स्कुटरमा सबै एलइडी लाइटको प्रयोग गरिएको छ भने, स्कुटरको दुबैतर्फ डिस्क ब्रेक, फुल डिजिटल डिस्प्ले, कनेक्टिभिटी जस्ता फिचर यसमा पाउन सकिन्छ ।
इको इन्फिनिटीले पोखरा, टेकु र कुपन्डोलमा रहेको आधिकारिक शोरुम मार्फत एफआईक्यू ३०० बिक्री सुरू गरेको छ ।


