महिन्द्रा एन्ड महिन्द्राले अल्ट्रास जीफोर एसयूभी बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले यही २४ नोभेम्बरमा बजारमा सार्वजनिक गर्ने जनाइसकेको छ ।
महिन्द्रले स्याङयोङ रेक्स्टनको प्ल्याटफर्ममा निर्माण गरेको प्रिमियम एसयूभीले टोयोटा फर्चूनरसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
पाँच दिन पछि भारतीय बजारमा सार्वजनिक गर्न लागीएको यस एसयूभीमा समेटिएका केही विशेषता यस्ता रहेका छन् ।
नयाँ फ्लेगशिप मोडल
नयाँ फ्लेशिप महिन्द्रा अल्ट्रास जीफोरले कम्पनीको भारतीय बजारको पोर्टफोलियोमा एक्सयूभी–५०० लाई रिप्लेस गर्छ । यो कार कम्पनीको प्रिमियम एसयूभीअन्तर्गत पर्छ ।
फर्चूनरकोभन्दा लामो ह्वीलवेश
क्वाड–फ्रेम संरचनामा आधारित यो एसयूभीको बडी फ्रेम रेक्स्टनकोभन्दा बढी रहेको छ । फर्चूनरको तुलनामा यसमा १२० एमएम लामो ह्वीलवेश दिइएको छ ।
९.२ इन्चको इन्फोटेनमेन्ट सिस्टम
महिन्द्रा अल्ट्रासमा ९.२ इन्चको इन्फोटेनमेन्ट सिस्टम लगाइएको छ । गत फेब्रुअरीमा आयोजित अटो एक्स्पोमा यो मोडलबारे जानकारी गराइएको थियो । यसकासाथै, यसमा एप्पल कार–प्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी, ३६० डिग्री क्यामरा सिस्टम, सात इन्च एलसीडी इन्स्ट्रुमेन्ट प्यानल दिइएको छ ।
प्रतिद्वन्द्वीको तुलनामा कम मार्जिन
अल्ट्रास एसयूभीमा अन्य मोडलको तुलनामा कम मार्जिन राखिएको छ । यसको प्रतिस्पर्धी टोयोटा फर्चूनर र फोर्ड इन्डोभरको मूल्य भन्दा कम मार्जिनमा गाडी बेच्ने तयारी भैरहेको छ ।
मर्सिडिज–बेन्जको ट्रान्समिसन
अल्ट्रासमा मर्सिडिज बेन्जमा उपलब्ध सेभेन–स्पीड अटोमेटिक ट्रान्समिसन लगाइएको छ ।
टु–ड्राइभ ह्वील
अल्ट्रास जीफोरमा टु–ह्वील र फोर–ह्वील ड्राइभ दुबै अप्सन उपलब्ध रहेको छ ।
सासायोङ्ग रेक्स्टनको रिभाइज
अल्ट्रास जीफोर स्याङ्योङ्ग रेक्स्टन जीफोरको रिभाइज संस्करण हो । कम्पनीले अल्ट्रासको स्टाइलमा विभिन्न परिमार्जन गरेको छ ।
संसारभर चर्चा
महिन्द्राको यो मोडल संसारभर चर्चामा रहेको छ । यो नयाँ मोडलमार्फत् कम्पनीको चर्चा निकै चुलिएको छ ।
इन्जिन
यसमा २.० लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन लगाइएको छ । यसले २२० पीएस पावरकासाथै २२५ एनएम–टर्क उत्पादन गर्छ । साथै, कारमा रहेको २.२ लिटर डिजेल इन्जिनले १८७ पीएस पावरकासाथै ४२० एनएम–टर्क उत्पादन गर्छ ।
विशेषता
कम्पनीले यसमा ड्राइभर असिस्ट सेफ्टी–फिचर दिएको छ भने, उच्च ग्राउन्ड क्लियरेन्स र फोर–डब्ल्यूडी सिस्टम दिइएको छ ।

