महंगो भयो केटीएम २५० एड्भेन्चर, यस्तो छ नयाँ मूल्य

काठमाडौं । केटीएम २५० एड्भेन्चरको नयाँ मूल्य सार्वजनिक भएको छ । कम्पनीले नयाँ कलर अप्सनमा २५० एड्भेन्चरको बिक्री सुरू गरेसँगै नयाँ मूल्य सार्वजनिक गरेको हो ।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले नयाँ कलर २५० एड्भेन्चरको मूल्य ७ लाख १९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

यसअघि बिक्री हुँदै आएको रेगुलर मोडलको मूल्य भने ७ लाख ९ हजार रुपैयाँ रहेको थियो । कम्पनीले एटालान्टिक मेट ब्लु र ग्रे कलरमा ल्याएसँगै नयाँ मूल्य तोकेको हो । कलरका अलावा मोटरसाइकलमा अन्य कुनै परिर्वतन गरिएको छैन ।

केटीएम २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९।६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, अफरोड एबीएस जस्ता फिचर उपलब्ध छ ।


Back_to_top