रेनो क्वीड फेसलिफ्ट सार्वजनिक, यस्तो छ भारतमा मूल्य

रेनोले आफ्नो चर्चित ह्याचव्याक क्वीडको फेसलिफ्ट भर्सन चार भेरियन्टमा सार्वजनिक गरेको छ । दुई इन्जिन अप्सनमा आएको रेनो क्वीडको दुबै इन्जिनमा ४÷४ भेरियन्ट बजारमा ल्याएको हो । 

रिफ्रेश लुक, डिजाइन तथा पावरफुल इन्जिन सहित तयार भएको क्वीड फेसलिफ्टमा १.० र ०८ लिटरको इन्जिन दिइएको छ । 

रेनोले क्वीडको नयाँ संस्करणमा आकर्षक इन्फोटेनमेन्ट सिस्टम र स्पिडोमिटर जडान गरेको छ । नयाँ स्पीडोमिटर, ट्राइबर एमपिभीमा उपलब्ध इन्फोटेनमेन्ट सिस्टम लगायतका  विशेषताले क्वीडको ड्यासबोर्ड निकै आकर्षक देखिएको छ । 

यो ह्याचब्याक कारको फ्रन्ट बम्परमा एन्ड्रोन हेडल्याम्प दिइएको छ भने त्यसको टपमा स्लिकर एलइडी डे टाइम रनिंग लाइट, रियरमा सि सेपमा अपडेट गरिएको एलइडी इन्सर्ट लगाइएको छ । 

स्पोर्टी लुकमा निर्माण भएको क्वीडमा नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर, ८ इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टमसँगै एप्पल कारप्ले, एन्ड्रोइड अटो, ब्ल्यु टुथ कनेक्टीभिटीको विशेषता रहने छ । 

यसमा उपलब्ध ०.८ इन्जिनले ५४ पीएस पावरका साथै ७२ एनएम टर्क उत्पादन गर्छ भने, अर्को इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादनको क्षमता राख्छ ।  

कम्पनीका अनुसार यसको इन्जिनमा पाँच स्पीड म्यानुयलसँगै एएमटी ट्रान्समिसन समेत उपलब्ध रहेको छ । 


Back_to_top