दरबारमार्गमा खुल्यो ‘लाली’को फ्यागशिप स्टोर

काठमाडौं । नेपाली सौन्दर्य तथा व्यक्तिगत हेरचाह ब्राण्ड लालीले काठमाडौंको दरबारमार्गस्थित ‘द पार्क’मा आफ्नो फ्यागशिप स्टोर संचालनमा ल्याएको छ ।

कम्पनीले फेब्रुअरी २७ देखि दरबारमार्गमा ‘लाली स्टोर’ संचालनमा ल्याएको हो ।

यससँगै स्वदेशमै उत्पादित उच्च गुणस्तरका सौन्दर्य सामग्रीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने ब्राण्डको अभियानमा महत्वपूर्ण उपलब्धि हासिल भएको कम्पनीले जनाएको छ ।

‘टच अफ नेपाल’ प्रदान गर्ने मूल सिद्धान्तमा स्थापित लालीले हिमाली परम्परागत ज्ञान र आधुनिक सौन्दर्य मापदण्डलाई संयोजन गर्दै कपाल तथा छाला हेरचाहका समाधानहरू उत्पादन गर्दै आएको छ।

‘शार्क ट्यांक नेपाल’ कार्यक्रममा सहभागितापछि ब्राण्डले उल्लेखनीय गति प्राप्त गरेको थियो । जसले ब्राण्ड पछाडिको विज्ञ टोलीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो। उक्त टोलीमा क्याबिनेट श्रेष्ठ, हेमराज ढकाल, सलोनी राजभण्डारी तथा ब्राण्डको अनुहार प्रियंका रानी जोशी सम्मिलित छन्।

लालीका प्रतिनिधिहरू भन्छन्, ‘नेपालका प्राकृतिक स्रोतहरू विश्वस्तरीय छन् भन्ने प्रमाणित गर्दै हामी सौन्दर्य उद्योगमा नयाँ ऊर्जा थपिरहेका छौं। यो स्टोरले नयाँ उत्पादन शृङ्खला र नेपाली उद्यमशीलताका लागि नयाँ पहिचानको प्रतिनिधित्व गर्दछ।’

लाली प्राकृतिक, जैविक तथा हस्तनिर्मित सौन्दर्य सामग्री उत्पादन गर्ने नेपाली व्यक्तिगत हेरचाह ब्राण्ड हो। स्थानीय रूपमा प्राप्त सामग्रीहरूको प्रयोगमार्फत लालीले उत्कृष्ट छाला हेरचाह सामग्री प्रदान गर्नुका साथै नेपाली सम्पदालाई विश्वभर प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।


Back_to_top