ल्याण्ड रोभर पूर्णरुपमा इलेक्ट्रिकमा जाने

काठमाडौं । लक्जरी कार समूह ज्यागुअर ल्याण्ड रोभर (जेएलआर) इलेक्ट्रिकमा जाने योजनाको सार्वजनिक गरेको छ। कम्पनीले एक कार्यक्रमका बीच उक्त घोषणा गरेको हो ।

कम्पनीले सन् २०३९ सम्ममा कार्बन उत्सर्जनलाई पूर्ण शून्य बनाउने लक्ष्य राखेको जनाएको छ । कम्पनीले  २०२५ बाट इलेक्ट्रीक कार उत्पादन सुरु गरेर २०३९ सम्ममा सबै कारलाई इलेक्ट्रिक बनाउने घोषणा गरेको हो ।

भारतीय कम्पनी टाटा मोटर्सको स्वामित्वमा रहेको समूहको रणनीति आन्तरिक रूपमा ‘रिइम्याजिन’ भनेर बुझिएको छ। पछिल्लो समयमा कार निर्माता कम्पनीहरु जुनरूपमा इलेक्ट्रिक र अन्य ग्रीन टेक्नोलोजीद्वारा संचालित गाडीहरु ल्याउने तर्फ कदम बढाउँदै आएका छन् ।

‘ल्याण्ड रोभरले आगामी ५ बर्षमा ६ वटा इलेक्ट्रिक भेरियन्ट निर्माण गर्ने र भविष्यमा जगुआरका कारहरु पुर्णत इलेक्ट्रिक आर्किटेक्चरमा विशेष रूपमा निर्माण गरिने जेएलआर कम्पनीले जनाएको छ । ल्याण्ड रोभरको पहिलो सबै विद्युतीय संस्करण २०२४ मा डेब्यू हुने कम्पनीले उल्लेख गरेको छ।


Back_to_top