फोटोन भ्यान किन्दा डाउन पेमेन्ट गर्नु नपर्ने

काठमाडौं । फोटोन ब्रान्डका भ्यान अब बिना डाउन पेमेन्टमा नै खरिद गर्न सकिने भएको छ । नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि प्रालिले नेपालमा भर्खरै सार्वजनिक गरिएको भ्यु सीएस२एल भ्यानमा १०० प्रतिशत फाइनान्सिङको अफर ल्याएको हो ।

फोटोनको भ्यु सीएस२एल भ्यान नेपालको पहिलो र एक मात्र १९-सिटे भ्यान हो ।

एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु सीएस२एल भ्यान खरिद गर्न चाहने ग्राहकलाई शत प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिएको हो । यो सुविधा उपभोग गर्ने ग्राहकले अधिकतम ७ वर्षको ऋण अवधि पाउनुहुनेछ ।

यो अफरले व्यवसायिक प्रयोजनका लागि भ्यान खरिद गर्न खोजिरहेका ग्राहकलाई सहज बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

फोटोन भ्यु सीएस२एल नेपालमा भर्खरै सार्वजनिक भएको १९-सिटे भ्यान हो जसमा आईएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ । यसमा थप तीन वटा सिट रहेको छ । यो भ्यानमा डुअल एअरब्याग, इबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डेर रनिङ लाइट जस्ता बेस्ट इन क्लास फिचर छन् ।
फोटोन मोटर ग्रुप संसारकै अग्रणी अटोमोबाइल कम्पनी हो जसले ट्रक, बस, एसयुभी र कृषिजन्य मेसिनहरु उत्पादन गर्छ ।


Back_to_top