काठमाडौ । नेपालका लागि टाटा मोटर्स् को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले ग्लोबल सर्भिस क्याम्प आयोजना गरेको छ । फाल्गुन ५ देखि १६ गतेसम्म बिहानको ९ः३० देखि साँझको ५ः३० सम्म यो क्याम्प आयोजना हुने भएको हो ।
कम्पनिका अनुसार टाटाका कमर्सियल गाडी धनिहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरेको हो । २८ मंसिर देखि सुरु भएको ५औ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिंग क्याम्प हो ।
सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवाका प्रमुख साम्देन छिरिंग लामाका अनुसार ग्लोबल सर्भिस क्याम्प हाम्रा ग्राहकवर्गहरुलाई निकै नै लाभदायी साबित भएको र ग्राहकहरुको आग्रहमा यो टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइएको हो । साथै यो सर्भिस क्याम्प १० दिनको भएको र अघिल्लो चरणको सर्भिस क्याम्प छुटाउनु भएको ग्राहकहरुलाई यो अवसरको फाइदा उठाउन आग्रहसमेत गरे ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । लेवर चार्जमा २५ प्रतिशत छुट, निःशुल्क इन्जिन आयल टप अप, टाटा जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, लुब्रिकेन्टस् मा १८ प्रतिशत छुट, टाटा जेन्यूइन स्पेयर पार्टसमा ६ महिनाको वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट चेक जाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिस क्याममा सहभागी ग्राहकहरुलाई निःशुल्क २ सय रुपैयाँको मोबाइल रिर्चाज यो सर्भिस क्यामका आकर्षणहरु रहेका छन ।


