पुरानो भेष्पा बनाउने कम्पनीको ‘ई-हाइपर बाइक’

काठमाडौं । एलएमएल भेष्पा उत्पादक कम्पनीले बजारमा पुनरागमन गर्ने भएको छ । कम्पनीले इलेक्ट्रीक ‘हाइपर बाइक’ सहित ई बाइक र स्कुटर बजारमा ल्याउने भएको हो ।

एलएमएल इलेक्ट्रीकले २९ सेप्टेम्वर २०२२ मा तीन नयाँ मोडलसहित बजारमा पुनरागमन गर्ने भएको हो । कम्पनीले सुरुवातमा ई–हाइपर बाइक ई-बाइक र इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने जनाएको छ ।

एलएमएलले ई-हाइपर बाइक निर्माणका लागि ‘इरकिट’ नामक जर्मन कम्पनीसँग सहकार्य गरेको हो । इरकिट कम्पनीले निर्माण गरेको ई-हाइपर बाइकमा अन्य मोटरसाइकलमा जस्तो थ्रोटल हुँदैन । ई-हाइपर बाइक पेडलको माद्यमद्धारा चलाउन सकिन्छ ।

यसमा रहेका पेडललाई सामान्य तरिकाबाट पेडलिङ गर्दानै यसलाई ८० किलोमिटरको रफ्तारमा कुदाउन सकिने कम्पनीले जनाएको छ । एलएमएलले निर्माण गर्ने टप भेरियन्ट ई-हाइपर बाइकमा भने चालकले मोटरको सहयोग लिन सक्नेछन् ।

कम्पनीले ई-हाइपर बाइक उत्पादनका लागि नयाँ कम्पनीसँग सहकार्य गरेको छ । कम्पनीले सायरा इलेक्ट्रीकको हरियाणामा रहेको प्लान्टमा हाइपर बाइकको उत्पादन गर्नेछ । यही प्लान्टमा हार्ले डेभिडसनको मोटरसाइकलसमेत एसेम्वल हुने गरेको थियो ।


Back_to_top