काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले एसएमएल इसुजु लिमिटेडकाे ५८.९६ प्रतिशत शेयर खरिद गरेको छ ।
सुमितोमो कर्पोरेशन र इसुजु मोटर्ससँग रहेको शेयर खरिद पछि महिन्द्राको कमर्शियल भेहिकल सेग्मेन्टमा राम्रो उपस्थिति हुनेछ ।
महिन्द्राले भारती रुपैयाँ ६५० प्रतिशेयर मूल्य हालेर एसएमएलको शेयर खरिद गरको हो । महिन्द्रा एण्ड महिन्द्राले यो खरिदमा ५५५ करोड लगानी गरेको हो ।
महिन्द्राले कन्ट्रोलिङ स्टेक खरिद गरेपछि अब कम्पनीको नाम समेत परिवर्तन गरी एसएमएल महिन्द्रा लिमिटेड राख्ने भएको छ । महिन्द्राले एसएमएलको प्राप्तिपछि मिडियम र हेभी कमर्शियल सेग्मेन्टमा आफ्नो मार्केट शेयर दुई गुना बनाउने लक्ष्य राखेको छ ।
हाल कम्पनीको बजार हिस्सा ३ प्रतिशत मात्र रहेको छ । महिन्द्राको ३.५ टन लाइट कमर्शियल भेहिकल सेग्मेन्टमा भने ५४.२ प्रतिशतको हिस्सा रहेको छ । एसएमएल इसुजु सन् १९८३ मा स्थापना भएको कम्पनी हो ।

