महिन्द्राको बहुप्रतिक्षित एसयूभी अल्टुरस सार्वजनिक, यस्तो छ मूल्य

महिन्द्रा एन्ड महिन्द्राले आफ्नो बहुप्रतिक्षित कार अल्टुरस जी–फोर एसयूभी बजारमा ल्याएको छ  । कम्पनीले हिजो (२४ नोभेम्बर)मा यो एसयूभी सार्वजनिक गरेको हो ।

यस गाडीको शुरुवाति मूल्य २६ लाख ९५ हजार भारतीय रुपैयाँ रहेको छ भने, यसको टप भेरिएन्टको मूल्य २९ लाख ९५ हजार रहेको छ । महिन्द्राको अहिलेसम्मकै सबैभन्दा महंगो गाडीको रुपमा यसले बजारमा प्रबेश गरेको हो ।

यो एसयूभी स्याङ्योङ्ग रेक्स्टनको चौथो जेनेरेसन हो, सोही कारण यसलाई अल्टुरस जी–फोर भनेर नामाकरण गरिएको कम्पनीले जनाएको छ ।

महिन्द्रा अल्टुरसमा २.२ लिटरको डिजेल इन्जिन दिइएको छ, जसले १८५ एचपी पावर र ४२० एनएम टर्क जेनेरेट गर्छ । पहिले अनुमान गरिए भन्दा यसको इन्जिन क्षमतामा केही फरक देखिएको छ । यसमा ७ स्पिड अटोमेटिक गियरबक्स छ ।

कम्पनीले यसलाई नयाँ फ्ल्यागसिप मोडलको रुपमा बजारमा उपलब्ध गराएको हो । यसको इन्टेरियरमा पनि निकै नै अपग्रेड गरिएको छ । यसमा ८ इन्चको इन्फोटेनमेन्ट सिष्टम छ, जसले एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी सपोर्ट गर्छ ।

इलेक्ट्रिकल्ली एड्जस्टेवल ड्राइभिङ सिट दिइएको छ भने, इन्टेरियरमा डियुल टोन, क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र ९ वटा एयरब्यागजस्ता फिचर दिइएको छ । यो एसयूभी ‘ल्याडर अन फ्रेम आर्किटेक्चर’मा आधारित छ र १८ इन्चको एलोई ह्विल तथा १८० एमएम ग्राउन्ड क्लियरेन्स छ ।


Back_to_top