बोलेरोको नयाँ भेरियन्ट ‘क्यापर गोल्ड जेडएक्स’ सार्वजनिक

महिन्द्राले भारतीय बजारमा बोलेरो क्याम्पर गोल्ड जेडएक्स सार्वजनिक गरेको छ । कम्पनीले डबल डोर पिकअप गोल्ड जेडएक्स बजारमा ल्याएको हो । 

नयाँ भेरियन्टमा क्याम्पर नन्एसी, क्याम्पर फोर ह्वील ड्राइभ, क्याम्पर गोल्ड भीएक्स र गोल्ड जेडएक्स गरि चार अप्सनमा सार्वजनिक भएको हो । 

गोल्ड जेडएक्समा डबल टोन कलर सेम, पावर विन्डो, सेन्ट्रल लकिंग, लेदर अपहोलस्ट्री, हेड रेस्ट, रिक्लाइनसँगै स्लाइडर, एसी कन्ट्रोल, पावर स्टेयरिंग, न्यू फ्लोर कन्सोलको विशेषता दिइएको छ । 

यसमा एमटु डीआइसीआर टर्बाेचार्ज्ड डिजेल इन्जिन दिइएको छ । जसले ६३ बीएच पावरका साथै १९५ एनएम टर्क उत्पादन गर्छ । यसमा फ्रन्ट सस्पेन्सन, हाई ग्राउन्ड क्लियरेन्स तथा फोर ह्वील ड्राइभ सिस्टमको विशेषता दिइएको छ । 

यसको इन्टेरियर तथा एक्सटेरियमा आकर्षक विशेषता प्रदान गरिएको कम्पनीले जनाएको छ । 

यस मोडलमा सार्प फ्रन्ट फेसिकासंगै रिफ्लेक्टर हेडल्याम्प, नयाँ बडी ग्राफिक्स, नयाँ  ग्रिल दिइएको छ भने आकर्षक सुरक्षा फिचर प्रदान गरिएको छ ।


Back_to_top