काठमाडौं । भारतमा लगानी गर्दा गर्दै आजित भएको युरोपियन अटोमोबाइल ग्रुप फक्सवागेन (भीडब्ल्यू )ले भारतीय यूनिटको हिस्सा बिक्री गर्ने भएको छ । भारतमा फक्सवागेनको तर्फबाट प्रतिनिधित्व गर्ने स्कोडा अटो फक्सवागेन इन्डिया प्रालिले स्थानीय लगानीकर्तालाई आफ्नो सेयर बिक्री गर्न लागेको हो ।
अहिलेसम्म फक्सवागेन ग्रुपले भारतीय प्रोजेक्टमा २ बिलियन डलर लगानी गरिसकेको जनाएको छ । भारतीय बजारमा टिक्न नसकेर यसअघि सेभ्रोलेट र फोर्ड जस्ता अमेरिकन कम्पनीले आफ्नो अपरेसन बन्द गरेका थिए ।
यूरोपियन ब्राण्ड फक्सवागेनेले स्थानीय साझेदारलाई आफ्नो ५० प्रतिशतसम्म हिस्सा बिक्री गर्ने योजना बनाएको स्कोडा अटोका सीईओ क्लाउस जेलमरले बताएका छन् ।
भारत जस्तो प्राइस सेन्सेटीभ मार्केटका लागि फक्सवागेनको हाइट्यागबाट सवारीहरू स्वीकार्य भएनन् । पछिल्लो समयमा टाटा तथा महिन्द्रा जस्ता होमग्रोन ब्राण्डको बजार हिस्सा बढ्दै जाँदा बाहिरका कम्पनीलाई कठिन भएको हो ।
भीडब्ल्यूका उत्पादनहरू ओभर इन्जिनीयर्ड तथा ग्लोबल एक्सपेक्टेसन मिट गर्ने किसिमका छन् । फक्सवागेन ग्रुपले भारतीय बजारका लागि हाइब्रिड भेहिकलमा अनुदान चाहेको थियो । कम्पनीले आइसीई र ईभीमा अप्सन दिनुका सट्टा हाइब्रिडमा टेक्नलोजीमा अनुदानका लागि वकालत गरेको थियो ।
भारत सरकारले पछिल्लो बजेटबाट पनि हाइब्रिडमा सपोर्ट गर्न चाहेन । फक्सवागेनका लगि पछिल्लो समयमा सबैभन्दा सम्भावित पार्टनर महिन्द्रा रहेको विभिन्न रिपोर्टले दाबी गरेका छन् । तर, यस विषयमा महिन्द्राले अहिलेसम्म मुख खोलेको छैन ।


