महिन्द्राले सार्वजनिक गर्‍यो ‘फर्मुला-ई रेस’को नयाँ लोगो र कार

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले फर्मुला ई रेसमा भाग लिनका लागि आफ्नो नयाँ लोगोसहितको रेसकार सार्वजनिक गरेको छ ।

महिन्द्राले आफ्नो वेलायतको जेडएफ फ्याक्ट्रिमा नयाँ लिभरीसहितको  ताजा पहिचान झल्काउने लोगो र कार सार्वजनिक गरेको हो ।

महिन्द्राको एमसेभेन इलेक्ट्रो स्पोर्टस् इभीको लोगो रातो सेडमा निर्माण भएका छ । सिजन आठमा तयार भएको सो कार टोली प्रमुख दिलवाग गिल, चालकहरु अलेग्जेन्डर सिम्स, ओलीभर रोल्याण्ड तथा महिन्द्रा एण्ड महिन्द्राकी प्रमुख कस्टुमर एण्ड ब्राण्ड अफिसर आशा खार्गाको उपस्थितिमा सार्वजनिक भएको हो ।

उक्त कार्यक्रममा प्रमुख कस्टुमर एण्ड ब्राण्ड अफिसर खार्गाले भनिन् ‘महिन्द्राको डाइनामिक शब्दचित्र झल्काउने लोगोले स्लीकर तथा महिन्द्राको टेकफोकसलाई प्रतिबिम्बित गर्दछ । नयाँ पहिचानको लोगोले इलेक्ट्रिक इन मोसनका साथै रेड र सिल्भर कलरले हाइस्पिडमा इनर्जी पास भएको फिल गराउँदछ ।’ यसले महिद्राको फोकस अब इलेक्ट्रिक भेहिकलमा ध्यान र प्रतिबद्धता रहेको विश्वास दिलाउने उनले जनाएकी छन् ।’

महिन्द्राको यो रेसका लागि बनाएको नयाँ फर्मुला ई कारका लागि बनाएको कार एग्रेसीभ तथा फ्यूचरिस्टिक देखिएको छ । महिन्द्राले सन् २०२७ भित्र ८ वटा नयाँ इलेक्ट्रिक भेहिकल लन्च गर्ने यस अघिनै घोषणा गरिसकेको छ । यो नयाँ रेस कारको सार्वजनिकसँगै महिन्द्राका इलेक्ट्रिक भेहिकलहरु अत्याधुनिक टेक्नलोजी र फ्यूचरिस्टिक डिजाइन आउने पक्का भएको छ ।


Back_to_top