सुजुकी एभेनिस १२५ VS एनटर्क १२५, यस्तो छ तुलनात्मक भिन्नता

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीले नयाँ १२५ सीसी स्कुटर सार्वजनिक गरेको छ । कम्पनीसँग यसअघि नै १२५ सीसी सेग्मेन्टमा एसेस र बर्गम्यान १२५ स्कुटर रहेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको एभेनिस १२५ ले भने टीभीएस १२५ सँग प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ । कम्पनीले एभेनिस १२५ एनटर्क १२५ सँग प्रतिस्पर्धा गर्ने मोडलका रुपमा सार्वजनिक गरेको अनुमान गर्न सकिन्छ । सुजुकी एभेनिस १२५मा एनटर्कमा जस्तै धेरै फिचर दिएको छ ।

लुक्स

कम्पनीले सुजुकी एभेनिस १२५ एनटर्क १२५ जस्तै स्पोर्टी लुक र सार्प डिजाइनमा निर्माण गरेको छ । यी दुईको डिजाइनमा कुन राम्रो भनेर भन्न गाह्रो नै पर्छ । यसमा फ्रेस डिजाइनको फाइदा सुजुकीले उठाउन सक्छ । यसका सुजुकीले स्ट्यान्डर्ड भर्सनका रुपमा मोटोजीपीमा आधारित रेस एडिशनसमेत ल्याउने भएको छ ।

फिचर

फिचरको कुरा गर्दा यी दुई स्कुटरमा धेरै भिन्नता पाइँदैन । मूख्य फिचरका रुपमा यी दुवै स्कुटरमा ब्लुटूथ केनेक्टिभिटी, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलईडी हेडल्याम्प तथा एलईडी डीआरएल यी दुवै स्कुटरमा उपलब्ध छ । सुजुकि एभेनिस १२५ मा फ्रन्ट ग्लोभबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचरको एड्भान्टेज रहेको छ । तर एनटर्क १२५ मा यसको अन्डरसिट स्टोरेज क्षमता सुजुकी एभेनिसभन्दा झन्डै डबल रहेको छ ।

इन्जिन

इन्जिनको कुरा गर्दा एनटर्क १२५ सुजुकी एभेनिसभन्दा अगाडी रहेको छ । एनटर्क १२५ मा रहेको ३ भल्भ १२४.८ सीसी इन्जिनले १०.२ पीएस पावर र १०.८ एनएम टर्क जेनेरेट गर्दा सुजुकी एभेनिस १२५ मा रहेको २ भल्भ १२४.३ सीसी इन्जिनले ८.७ पीएस पावर र १० एनएम टर्क जेनेरे गर्छ ।

निष्कर्ष

टीभीएस एनटर्क विगत ३ वर्षदेखि ग्राहकको मन जित्न सफल स्कुटर रहेको छ । २ वर्ष लगातार स्कुटर अफ दी एयरको उपाधि विजेता एनटर्क १२५ परीक्षण भइसकेको स्कुटर हो । त्यसैगरी हालै मात्र सार्वजनिक भएको सुजुकी एभेनिस १२५ भने ग्राहकबाट परीक्षण हुन बाँकी रहेको छ । भविष्यमा यसले कस्तो बजार पाउँछ भनेर हेर्न भने बाँकी नै छ ।

 


Back_to_top