काठमाडौं । महिन्द्राको एक्सयूभी ४०० इलेक्ट्रीक विक्री सुरु भएको छ । अग्नी इनकर्पोरेट प्रालिले इलेक्ट्रीक एसयूभी बिक्री सुरू गरेको हो । एक्स्यूभीको पहिलो ग्राहक नायिका स्वस्तिमा खड्का बनेकी छिन् ।
महिन्द्रा एक्सयूभी ४०० मोडल अघिल्लो महिना नै नेपाली बजारमा प्रबेश गरेको हो । कम्पनीले आन्तरिक परीक्षणमा धेरै समय लगाएपछि बल्ल बजारमा ल्याएको हो ।
भारतीय ब्राण्ड महिन्द्राले उत्पादन गरेको एक्सयूभी ४०० को ईएल भेरियन्ट नेपाल आएको छ । यसमा ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । साथै, ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध एसयूभीले एआरएआईका अनुसार ४५६ किलोमिटरको रेन्ज दिनेछ ।
महिन्द्राले एक्सयूभी ४०० लाई फिचर लोडेड बनाउन अटो डिमिङ आइआरभीएम, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, फग लाइट जस्ता फिचर दिएको छ ।
यसको क्याबिनमा नयाँ १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एण्डरोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने नयाँ १०.२५ इन्चको डिजिटल टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ प्याड, रियर एसी भेन्ट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट स्टप, कीलेस इन्ट्री, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता लेटेस्ट फिचर छन् ।
एक्सयूभी ४०० मा इको, फास्ट नर्मल र फेयरलेस स्पोर्टस गरी तीनवटा ड्राइभिङ मोड रहेको छ ।
अग्नी इनकर्पोरेट प्रालिले बजेट अगाडि यसको अधिकतम खुद्रा मुल्य ५२ लाख ५० हजार रुपैयाँ तोकेको थियो । त्यहि मूल्यमा यसको बिक्री सुरु गरेको हो ।