आक्रमक मूल्य र फिचरसहित भारतमा सार्वजनिक भयो नयाँ वागेन-आर

मारुती सुजुकीले भारतीय बजारमा अल न्यु वागेन–आर सार्वजनिक गरेको छ । 

भारतमा वागेन–आरको बिक्री सुरु गरेको २० वर्ष पुरा गरेको अवसरमा कम्पनीले यसलाई नयाँ अवतारमा सार्वजनिक गरेको हो । हालसम्म, भारतमा मात्रै २२ लाख युनिट वागेन–आर बिक्री भएको कम्पनीले जनाएको छ ।

आधुनिक डिजाइनसंगै नयाँ विशेषतासहित आएको वागेन–आरको लो भेरियन्ट एलएक्सआईको मूल्य ४ लाख १९ हजार भारु  निर्धारण गरेको छ । भने, यसको टप भेरियन्ट जेडएक्स आई १.२ लिटर एमएमटीको मूल्य ५ लाख ६९ हजार भारु  रहेको छ । 

यसले बजारमा हुन्डाईको नयाँ सेन्ट्रोसँग प्रतिस्पर्धा गर्नेछ । 

एक्स्टेरियर

नयाँ वागन आर टलब्वाई डिजाइनमा उपलब्ध हुनेछ । यसको अघिल्लो भागमा क्रोम स्ट्रिपका साथ रेक्टेंगुलर ग्रिल छ । यसको हेडल्याम्प्स पनि हालको मोडल भन्दा ठूलो छ । यसमा थ्री स्लेट एयरड्यामका साथ ड्युअल टोन बम्पर छ र यसको दुवैतरि फग ल्याम्प्स पोड्स छ ।

यसमा इन्टिग्रेटेड टर्न इन्डिकेटर्सका साथ आउटसाइड रियर भ्यु मिरर (ओआरभीएम) छ । कारमा १४ इन्चको अलोय ह्वील छ । त्यसैगरी फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक दिइउको छ । यसको पछिल्लो भागको लुक्समा पनि केही परिवर्तन गरिएको छ ।

पावर

यो कार दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ । एलएक्सआई भेरिएन्टमा ९९८ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन हुनेछ । यसले ६७ बीएचपी पावर र ९० एनएम टर्क जेनेरेट गर्नेछ । यसको टप भेरिएन्ट जेडएक्सआई र जेडएक्सआई एजीएसमा ११९७ सीसी, ४ सिलिन्डर पेट्रोल इन्जिन हुनेछ ।

यसले ८२ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्नेछ । भीएक्सआई र भीएक्सआई एजीएस भेरिएन्टमा १ लिटर र १.२ लिटर पेट्रोल इन्जिनको विकल्पमा उपलब्ध हुनेछ ।

इन्टेरियर

मारुती सुजुकी वागेनआरको क्याविन अहिलेको मोडल जस्तै साधारण छ । ड्यासबोर्डमा ब्राउन र बेज कलरमा ड्युअल टोन फिनिस उपलब्ध छ ।

क्याबिनमा ठूलो एमआईडी युनिटका साथ इन्स्ट्रयुमेन्ट कन्सोल र टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम पनि उपलब्ध हुनेछ । यसको स्टेयरिङ ह्विलमा सिल्भर फिनिस दिइएको छ । त्यसैगरी स्टेयरिङ माउन्टेड अडियो र फोन कन्ट्रोलको सुविधा पनि उपलब्ध हुनेछ ।


Back_to_top